रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भण्डारी भारी मतले विजयी

0
135

म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भववहादुर भण्डारी ४ हजार ४३४ मतप्राप्त गरी विजयी हुनुभएको छ । भण्डारीका प्रतिष्पर्धी नेकपा एमाले–नेकपा माओवादी (केन्द्र) संयुक्त गठवन्धनका खिमवहादुर शाहीले २७३० मत प्राप्त गर्नुभएको रघुगंगा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुँइकेलले जानकारी दिनुभएको छ । त्यसै गरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमला तिलिजाले ३ हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिष्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले २ हजार ६६२ मत प्राप्त गर्नुभएको छ । आठ वटा वडा रहेको मंगला गाउँपालिकाका ७ वटा वडामा नेपाली कांग्रेस र १ वडामा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । राप्रपाका केन्द्रिय सदस्यद्धय भिमप्रसाद गौचन र जगत गौचनको पाखापानीमा कांग्रेसले प्यानल नै जितेको छ । त्यस्तै नेकपा एमालेकी महिला नेतृ एवम् अनेमा संघकी केन्द्रिय महासचिव थममायाँ थापाको जन्मभूमिमा समेत रहेको चिमखोलामा समेत कांग्रेसले जितेको छ ।