राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनको पाखापानीमा कांग्रेसले वडा सहित अत्याधिक मत ल्याएको छ । गाउँपालिकाको अस्थायी केन्द्रको रुपमा रहेको पाखापानीलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा लिदै आएको पाखापानीमा गौचनलाई छड्का लागेको छ। नेकपा एमाले, माओवादी केन्द्रसंग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको राप्रपाले आफ्नो पक्षमा अत्याधिक मत ल्याउने दावी गरिरहेको थियो ।

रघुगंगा गाउँपालिकाको निकै महत्वपुर्ण मानिएको पाखापानीको वडा अध्यक्षमा नेपाली कांग्रेसका मन कुमार पुनले जितेका थिए । उनले राप्रपाका जिल्ला नेता जगतनारायण गौचनलाई पराजित गरेका छन् । राप्रपाकै केन्द्रिय सदस्य जगत गौचनको प्रयासले समेत जगतनारायणको पक्षमा मतदातालाई आर्कषित गर्न सकेन् ।

गाउँको समाजिक सहित अन्य गतिविधिमा समेत सक्रिय रहेका कांग्रेसका पुनले कोटगाउँ, ठाडाखानी लगाएतका क्षेत्रबाट मतदातालाई आफ्नो पक्षमा पारेका थिए । ‘पाखापानीका जनतालाई विश्वास दिलाउने काम गर्नेछु । गाउँका समस्यालाई नजिकबाट हरेकाले पनि मेरो जित भयो’ पुनले बेनीअनलाइनलाई भने । बुधबार राती सार्वजनिक भएको मत परिणाम अनुसार पुनले ४५६ र राप्रपाका जगतनाराण गौचनले ३६६ प्राप्त गरेका छन् । यसैविच रघुगंगा गाउँपालिकाका कांग्रेसले बचस्व कायम गरेको छ ।

* नेका वडा अध्यक्ष – ४५६ मनकुमार पुन
* राप्रपा वडा अध्यक्ष – ३६६ जगनारायण गौचन
* महिला सदस्य नेका – ४०५ प्रेमकुमारी पुन
* ” ” एमाले – ३७९ दिपा पुन
* खुल्ला सदस्य नेका – ४३२ टेकजित छन्त्याल
* ” ” नेका – ४३४ लिल बहादुर पुन
* खुल्ला सदस्य एमाले – ३९१ धनलाल पाइजा
* ” ” राप्रपा – ३६८ भक्तिलाल छन्त्याल