मंगला गाउँपालिका प्रमु्खमा एमालेका सतप्रसाद रोका विजय

0

मंगला गाउँपालिकामा नेकपा एमालेका सतप्रसाद रोका विजय भएका छन् । उनले माओवादी केन्द्रका चन्द्र बहादुर बुढाथोकीले २६८०९ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै श्रीजना केसी विजय भएकी छन् उनले ३७०२ मत प्राप्त गरिन भने उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकी हुमादेवी फगामीले १८६७ मत प्राप्त गरे । मंगला गाउँपालिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच तालमेल गरेका थिए ।

नेकपा एमालेका बलियो क्षेत्र मानिएको मंगला गाउँपालिका प्रमुखमा विजय भएका सतप्रसाद रोका सामाजिक कार्यकर्ता समेत हुन् । उनले बावियाचौरस्थित मंगला क्याम्पसलाई आर्थिक सहयोग जुटाउन समेत नेतृत्वदायी भूमिका खेलेका थिए। गाउँपालिका अन्र्तरगत रहेका पाँचवटा वडा मध्य नेकपा एमालेले ४ र नेकपा माओवादी केन्द्रले १ वडामा विजय प्राप्त गरेको छ । गाउँपालीका एघार हजार ५८ जना मतदाता रहेकोमा सात हजार ३५५ मत खसेको थियो । जिल्लाको करिव ८९ बर्ग किलोमिटर ओगटेको गाउँपालिका प्रमुखमा विजय भएपछि रोकाले आफ्नो क्षेत्रलाई नमुना बनाउन र जनताका सबै समस्यालाई समाधान गर्ने बताए । जिल्लामा रहेका अन्य गाउँपालिकाकाको तुलनामा आन्तरिक आम्दानीको स्रोत कमजोर मानिन्छ । मंगला गाउँपालिकाको मतगणना सम्पन्न संगै म्याग्दी जिल्लाको मतगणना समेत सकिएको छ ।