बेनी नगरपालिका–८ क्याम्पसचोकको टेलरिङ सेन्टरमा आगलागी भएको छ । आइतबार विहान ख बहादुर गर्बुजाको घरमा टेलरिङ सञ्चालन गदैं आइरहेका पर्वत जलजला गाउँपालिका–२का अमर बग्दासको टेलरिङमा आगलागी भएको प्रहरी निरिक्षक दिवाकर घिमिरेले बेनीअनलाइनलाई बताए ।

‘विद्युत सर्ट भएर आगलगी भएको अनुमान गरिएको छ’ उनले भने । प्रारम्भिक विवरण अनुसार पिडितले ५ वटा सिलाई मेसिन, २ इन्टरकल मेसिन, कपडा लगाएत सिलाई सम्बन्धि साम्रागी गरी करिव १० लाखको क्षती भएको जनाएको छ । आगलागीको जानकारी लगत्तै स्थानीयबासीले नियन्त्रणको प्रयास गरेका थिए । बेनी नगरपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराईली सहित जनप्रतिनिधिहरु समेत दुख ब्यक्त गरेका छन् ।