बेनी नगरपालिका–७ कालिगण्डकीमा नुहाउन गएका एक ब्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । थकाली भान्सा घर नजिक नुहाउने क्रममा खुट्टा चिप्लिएर नदीमा खसेका मालिका गाउँपालिका–४ ओखरबोटका ५४ बर्षिय टक बहादुर घर्तीलाई प्रहरी निरिक्षक दिवाकर घिमिरेको नेतृत्वमा गएको टोलीले उद्धार गरेको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बेनीअनलाइनलाई बताउनुभयो ।

नुहाउने क्रममा नदीमा खसेपछि स्थानीयले बगाएको देखेलगत्तै प्रहरीलाई खवर गरेका थिए । करिव १ सय मिटर तलबाट उद्धार गरिएको थियो । घर्तीको अवस्था समान्य रहेको छ ।