अन्नपूर्ण गाउँपालीकालाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउने नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।

पोखरेबगर स्थित गाउँपालीका कार्यालयमा सपथ र पदभार ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष डमबहादुर पुनले सबैसंग सहकार्य गरेर गाउँपालीकाको समग्र विकास, आर्थिक सम्बृद्धी र शुसासन कायम गर्न अघि बढ्ने बताउनुभयो ।

उहाँले जलविद्युत, पर्यटन र कृषि क्षेत्रका विकास गरी अन्नपूर्ण गाउँपालीकालाई सम्बृद्ध बनाउन सबै ईमानदार भएर अघि बढ्नुपर्ने बताउनुभयो । निर्वाचन अधिकृत बिदुर काफ्लेले गाउँपालीका अध्यक्ष पुन, उपाध्यक्ष केशमाया मगर र ८ वटै वडाका अध्यक्षहरुलाई सपथ खुवाउनुभएको थियो ।

वडा सदस्यहरुलाई भने अध्यक्ष पुनले सपथ खुवाउनुभएको थियो । उहाँले वडा अध्यक्ष, सदस्य र कर्मचारीहरुलाई भ्रष्टाचारबाट टाढै रहेर जनताले राहत महशुस गर्नेगरी सेवा प्रवाह गर्न, गराउन निर्देशन दिनुभएको छ ।

बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्ण १ मा दिलीप गर्बुजा, २ मा ओमबहादुर फगामी, ३ मा नरसीङ पुन, ४ मा चन्द्रप्रकाश फगामी, ५ मा दिनेशकुमार पुन, ६ मा कृष्णप्रसाद फगामी, ७ मा गमबहादुर पुन र ८ मा खमबहादुर गर्बुजा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । सन्तोष गौतम