अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीका नवनिर्वाचित जनप्रतिनिधीहरुले सोमबार पदभार ग्रहण गर्नुभएको छ । मान्द्रेढुङ्गा स्थित वडा कार्यालयमा अध्यक्ष ओमबहादुर फगामी, सदस्यहरु टेकमाया पुन, बिष्णुकुमारी परियार, वुद्धीबहादुर पुन र बिरबहादुर पौडेलले कार्यभार सम्हाल्नुभएको हो ।

वडा सचिव दिपकलाल पालको अध्यक्षता, शिक्षक ईन्द्र थापाको सञ्चालन र सामाजिक परिचालक शान्ति पुर्जाको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका आत्मा तुलाचन, एमालेका यामबहादुर फगामी, माओवादी केन्द्रका नारायण पुन र रेडक्रस उपशाखा सभापती दशरथ कर्माचार्यले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

जनप्रतिनिधिहरुले मतदातालाई धन्यवाद दिदै भुरुङ तातोपानीको विकास, समृद्धी र शुसासन कायम गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष फगामीले कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको थियो भने पार्टी प्रतिनिधिहरुले त्यसमा पानी हालेर गाउँका विकासमा सहमती र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । तस्विर अन्नपुर्ण गाउँपालिकाको कार्यक्रमको हो ।