धौलागिरि हिमाल आरोहण गरेर फर्किएका एक नेपाली गाईड बेपत्ता भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको हिमाल आरोहणमा आएका ईन्डियन एयर फोर्सका १४ जनाको टोलीका गाईड सोलुखुम्बु जिल्लाको चौरीखर्क–३ बस्ने ३० बर्षिय आङनिमा शेर्पा दुईदिन देखी बेपत्ता भएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बेनीअनलाइनलाई बताउनु्भयो । उहाँका अनु्सार खोजीकार्य भइरहेको छ ।

उनका अनुसार IAF MOUNT धवलागिरी EXPIDITION  एजेन्सी० मार्फत हेलिकप्टर र त्यहाँ रहेकाहरुबाट समेत खोजीकार्य भइरहेको छ । ईन्डियन एयर फोर्सका १४ जनाको टोलीले सफलतापूर्वक अरोहण गरेर फर्कने क्रममा ८१६७ मिटर उचाईबाट सम्पर्कविहिन भएका थिए । आइतबार साँझ बेपत्ता भएका शेर्पाको हेलिकप्टर र स्थलगत रुपमा खोजीकार्य भइरहेको छ । आरोहणमा गएका भारतीय सहितको टोली सुरक्षित रहेको जनाइएको छ । हरिकृष्ण गौतम