बेनी नगरपालीका ३ भकिम्लीमा बुधबार नवनिर्वाचित बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस बेनी नगरपालीका ३ वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मतदान गरेर आफूलाई जिताउन सहयोग गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले निर्वाचनमा समयमा आफूले गरेका विकास निर्माण सम्बन्धि प्रतिवद्धता पुरा गर्ने बताउनुभयो । भकिम्लीको सडक, खानेपानी, विद्यालय, विद्युत लगायत पुर्वाधार निर्माणलाई प्राथमिकता दिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कार्यक्रममा भकिम्लीका आवश्यकता र सम्भावनाका क्षेत्रहरुका बारेमा समेत जानकारी लिइएको थियो । पर्यटकीय, धार्मिक, कृषि लगाएतमा सम्भावनायुक्त रहेको भकिम्लीको विकासमा योजना सहित आउने प्रतिबद्धता समेत श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापती डाक्टर भुपेन्द्र खड्का, जिल्ला सदस्य माधवप्रसाद रेग्मी, नगर सभापति अनोद श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी पुन र सल्लाहकार लिलाबहादुर बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

वडा कार्यसमितिका सभापति जसबहादुर पुनको अध्यक्षता, तरुण दलका जिल्ला सचिव लक्ष्यबहादुर छन्त्यालको स्वागत र मनबहादुर पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष पदम पुन, सदस्य रत्नबहादुर जिसी, चित्र रोकामगरले समते मन्तब्य व्यक्त गर्नुभएको थियो ।