म्याग्दीमा जलविद्युत सम्बन्धी कार्याशाला गोष्ठि सुरु

0
235

म्याग्दीको बेनीमा शुक्रबारदेखि जलविद्युत विकासमा सहमती एवं जलविद्युत समाचार संकलनमा क्षमत्ता अभिवृद्धी कार्यशाला गोष्ठि सुरु भएको छ । नर्वेजीयन दुतावास काठमाडौ र निती फाउण्डेशनको सहयोगमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठिमा जलविद्युत आयोजनाका प्रर्वद्धक, सम्बद्ध सरकारी निकायका प्रतिनिधिका साथै म्याग्दी, बागलुङ र पर्वतमा कार्यरत पत्रकारहरुको सहभागीता रहेको छ ।

नेपालमा जलविद्युत विकासको अवस्था, सम्भावना र चुनौतीको विषयमा सरोकारवालाहरुबीच छलफलको माध्यमबाट आयोजना निर्माणमा अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा ईपानका पुर्व अध्यक्ष खड्गबहादुर बिष्टले संस्थाको बारेमा जानकारी गराउँदै पछिल्लो समय नेपालमा जलविद्युत विकास र लगानीको वातावरण बन्दै गएको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सम्भावना बोकेको जलविद्युतलाई फाईदा लिन राज्य, लगानीकर्ता र समुदायले काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

ईपानका कोषाध्यक्ष आनन्द चौधरीले देशभित्र जलविद्युत आयोजनाको निर्माणसंगै त्यसको खपत र बिदेश निकासीका लागि सरकारले कुटनिटीक पहल गर्नुपर्ने बताउनुभयो । संस्थाका सदस्य तथा मुस्ताङमा निर्माणाधिन थापाखोला जलविद्युत आयोजनाको प्रर्वद्धक माउन्ट कैलाश ईनर्जी प्रा.लीका भरत खड्काले वन सम्बन्धि ऐन कानुन र झञ्जटीलो प्रक्रिया संसोधनको आवश्यकता रहेको बताउनुभयो ।

काठमाडौ विश्व विद्यालयका सहप्रध्यापक नवराज खतिवडाले जलविद्युत आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा आयोजना र समुदायले प्रभावीत क्षेत्रको वास्तवीकतामा ध्यान दिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा पत्रकार भिम गौतम र लक्ष्मण बियोगीले जलविद्युत सम्बन्धि समाचार संकलन र लेखनको बिषयमा जानकारी गराउनुभएको थियो । सन्तोष गौतम