जन्मदिनको खर्च परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग

0

बेनी नगरपालीका ७ मंगलाघाटका एक परिवारले छोरीको जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । मंगलाघाटकी उन्नती फगामीको १२ औ जन्मदिनको अवसर पारेर उहाँका बुवा रेशम, आमा गौमती र हजुरआमा भगवती पुर्जाले शान्ति कोषलाई २५ हजार ५२५ रुपैया उपलब्ध गराउनुभएको हो ।

जटिल रोगका कारण थलीएका गरिब तथा विपन्न म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले स्थापीत कोषमा डेढ करोड पु¥याउने अभियान अन्तरगत उहाँहरुले संस्थाका अध्यक्ष राजेश शाक्य, संस्थापक चन्द्रकुमार केसी, सचिव लोकेश पुनमगर लगायत पदाधीकारीहरुलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी बेनी नगरपालीका ४ तातोपानीकी पवित्रा खत्रीको उपचारका लागि सघाउने उद्देश्यले ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानका क्रममा अमेरीकामा संकलन भएको एक लाख १६ हजार ५६० रुपैया पनी शुक्रबारनै हस्तान्तरण गरिएको छ ।

अमेरीकामा महेन्द्र बानियाको पहलमा संकलन भएको रकम उहाँकी श्रीमती आशाले संस्थालाई उपलब्ध गराउनुभएको हो । खत्रीको उपचारका क्रममा गत महिना निधन भएको थियो । उहाँको उपचारका लागि कोषले सञ्चालन गरेको अभियान मार्फत दुई लाख ६२ हजार ८७० रुपैया संकलन भएकोमा दुई लाख ६१ ह्जार २८० रुपैया खर्च भएको सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।

यसैबीच बेनी नगरपालीका २ खबराका एक दम्पत्तीले शुक्रबार नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालीत म्याग्दी बालगृहका बालबालीकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । सबिता खड्का र रामशरण खड्काले बालगृहमा आश्रित १० जना बालबालीकाहरुलाई एकएक दर्जन कापी र कलम सहयोग गर्नुभएको हो ।सबिता खड्काले बाल संगठनका सभापती नेत्रबहादुर महत, सदस्य एकेन्द्र रावल र ज्ञान गिरी मार्फत कापी र कलम वितरण गर्नुभएको थियो । सन्तोष गौतम