वेष्ट पोइन्टका जादुगर निश्चल काठमान्डौका लागि छानिए

0
242

न्यु वेष्ट पोइन्ट कक्षा १० मा अध्ययन गर्ने म्याग्दीका निश्चल जुग्जाली राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन्। २०७४ बैसाख १९ गते जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रममा स्वतन्त्र विधा अन्तर्गत म्याग्दीबाट क्षेत्रीय प्रतियोगिताका लागि छनोट भएका थिए ।

पोखरामा जेठ ५ गते सम्पन्न प्रदेश न ४ अन्तर्गतको प्रतियोगितामा समेत उत्त्रृmष्ट कला प्रदर्शन गरेर राष्ट्रिय प्रतियोगिता काठमान्डौका लागि छनोट भएका हुन् । उनले आफ्नो स्वतन्त्र विधा अन्तर्गत तासको बिभिन्न खेल प्रस्तुत गर्ने गर्दछन । जादु भन्ने गरिए पनि हातको सफाईबाट धेरैलाई अचम्मित पार्दै आइरहेका जुग्जाली गत वर्ष बिद्यालयले आयोजना गरेको ट्यालेन्ट हन्ट प्रतियोगितामा समेत उत्त्रृmष्ट भएका थिए । तासका बिभिन्न खेलबाट उनले दर्शक लाइ अचम्मित बनाउदै आइरहेका छन् । पोखरामा भएको प्रतियोगितामा २ दिन सम्म उनलाई सो कला प्रस्तुत गर्न लगाइएको थियो ।

पढाइमा समेत अब्बल जुग्जाली कहिले पनि दोश्रो हुनु परेको छैन । सानै देखि कम बोल्ने स्वभावका भए पनि उनि आफ्नो पढाइ र जादुगरिय क्षमताका कारण निकै चर्चामा छन् । उनका भाइ निश्चित जुग्जाली समेत तासका विभिन्न जादु गर्न खप्पिस छन् । न्यु वेस्ट पोइन्टले बिगत २ वर्ष देखि आयोजना गर्दै आइरहेको ट्यालेन्ट हन्ट प्रतियोगिताबाट विद्यार्थीका बिभिन्न क्षमता प्रस्फुरण हुने गरेका छन । निश्चल जुग्जालिले काठमान्डौमा हुने राष्ट्रिय प्रतियोगितामा समेत आफुले उत्कृस्ट प्रदर्शन गर्नेमा बिश्वस्त रहेको बताउछन ।