राष्ट्रिय आविस्कार केन्द्र बनाउने महाअभियानमा होमिएका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका अमूल्य पदक लिलामीमा राखेका छन् । नेपाली युवालाई नयाँ–नयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले खोल्न लागिएको केन्द्रका लागि पर्याप्त रकम नजुटेपटि उनले यस्तो जुक्ति निकालेका हुन् । ठमेलको मण्डला स्ट्रिटस्थित महावीर्स नेपाल कनेक्सन रेष्टुरेन्टमा उनका ५ वटा पदक बिहीबारदेखि प्रदर्शनीमा राखिएका छन् ।

एशियाकै नोबेल पुरस्कार मानिने फिलिपिन्सबाट प्राप्त रामोन म्यागसेसे पुरस्कार, नेपाल सरकारले दिएका दुईवटा राष्ट्रदीप पदक, अमेरिकाबाट प्राप्त इन्टरनेट हल अफ फ्रेम र नेब्रस्का विश्वविद्यालयले दिएको अनर ग्रयाजुएट पदक बेच्न लागिएको आजको नागरिक दैनिकमा खबर छ । पचास करोड रुपैयाँ लागतमा आविस्कार केन्द्र बनाउन उनले ९ महिनाअघि महादान अभियान चलाएका छन् । त्यसमा स्वतस्फुर्त देशविदेशबाट ९ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

म्याग्दी जिल्लाको जिल्लाको राम्चे गाविसस्थित नांगीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय रहेका छन् । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा समेत थिए ।

आफ्नो जन्मभूमीका शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका साथै बेतारे इन्टरनेटमार्फत जनतालाई सुचना र प्रविधिको विस्तार गरेका पुनले केन्द्रमार्फत विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकको ऋणबाट विद्युतगृह निर्माण संगै केन्द्रले खोज तथा अनुसन्धानका कामलाई समेत निरन्तरता दिने बताउँदै आइरहेका पुनलाई रकम अभाव भएपछि आफ्ना निजी सम्पत्ती समेत विक्री गर्न थालेका छन् ।