दग्नाममा लिँगो जुधाईयो

0
226

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमेपुजाको अवसरमा दुईगाउँ बीच लिंगो जुधाउने परम्पराले यसबर्ष पनि निरन्तरता पाएको छ । मगर समुदायको बाहुल्य बसोवाश रहेको दग्नाममा जेठी र कान्छी गाउँबीच हरेक बर्षको जेठ महिनामा गरिने भुमेपुजामा लिंगो जुधाउने प्रतियोगिता सञ्चालन हुन्छ । यसबर्ष मंगलबार दुबै गाउँको लिँगो बराबर भएपछि दुईटैलाई विजेता घोषणा गरिएको छ ।

गाउँभन्दा माथि रहेको भुमे देवताको मन्दिरमा ध्वजापटाका र रंगीचंगी बनाएर दुई गाउँलेले लिँगो पु¥याएका थिए । भुमे देवतालाई खुशी पार्न गाउँलेले बाजागाजा सहित नाचगान गर्दै मन्दिरमा लिँगो लैजान्छन् । विजयी हुने गाउँलेले विशेष उत्सब समेत मनाउ्रंछन् । लिँगो जुधाउने यो प्रतियोगिताको संयोजन भने स्थानीय एकता युवा क्लबले गर्दै आएको छ ।

क्लबका अध्यक्ष गुन पुन गुञ्जनले यसबर्ष लिँगो बराबर भएपछि दुबै गाउँलाई विजेता घोषणा गरिएको बताए । ‘कुन गाउँको लिँगो अग्लो हुन्छ भन्ने प्रतिस्ठाको विषय नै बन्छ, जसले जित्नुहुन्छ उहाँहरुमा निकै उत्साह देखिन्छ’, उनले भने । गतबर्ष पनि दुई गाउँको लिँगो बराबर भएको थियो । अग्लो लिँगो ल्याउन गाउँलेले दुईदिन अघि देखि युवाहरु परिचालन गर्ने गरेको अध्यक्ष पुनले जानकारी दिए । क्वबले यहि पुजाको अवसर पारेर साताव्यापी खेलकुद र साँस्कृतिक प्रंतियोगिता सुरु गरेको छ ।जेठ २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष÷महिला भलिबल, बास्केटका साथमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने क्लबले जनाएको छ ।

पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिताको विजेतालाई नगद ३५÷३५ हजार र उपविजेतालाई २० हजार र २२ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । सो अवसरमा २१ गते आगन कार्यक्रम र २० गते साँस्कृतिक कार्यक्रम राखिएको अध्यक्ष पुनले जानकारी दिए । दग्नामी साँझ अन्र्तगत जेठ २१ गते लोक गायिका मिना गर्बुजा र लाली बुढाथोकी, २२ गते तारा श्रीषमगर र २३ गते दग्नामका प्रतिभा र चर्चित गायक गगन पुनको बेजोड साँगेतिक प्रस्तुती रहेको क्लबका अध्यक्ष पुनले जानकारी दिए । राकेश शर्मा