बेनी नगरपालिका–१० की जैमाया रोकाले स्वर्गीय श्रीमानको सम्झनामा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनपा–१० स्थायी घर भई हाल यूकेमा रहनुभएकी रोकाले स्वर्गीय श्रीमान धन बहादुर रोकाको स्मृतिमा दिपक माविको प्रवेशद्धार निर्माणका लागि सहयोग गर्नुभएको विद्यालयकी प्रधानध्यापक पुष्पा पराजुलीले बताउनुभयो ।

विगतमा समेत विद्यालयलाई सहयोग गदैै आइरहेका रोकाले स्वर्गीय पतिका साथै नातीहरु दिनेश, दिवान, योगेश, दिपेश र पवनको उज्ज्वल भविस्यको समेत कामना गदैंसहयोग गरेको विद्यालयले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेको विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि विदेशमा रहेका पात्लेखेतबासीले निरन्तर सहयोग गदैं आइरहेका छन् । केही दिन अगाडी हस्तान्तण गरिएको सहयोगबाट विद्यालयले प्रवेशद्धार सहितका पूर्वाधारमा खर्च गर्ने जनाएको छ ।