(सन्तोष गौतम)

म्याग्दीका नगर र गाउँ कार्यपालीकाले बिहीबार पूर्णता पाएको छ । बैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालीका प्रमुख, उपप्रमुख, गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालीकामा दलित, अल्पसंख्यक र महिला सदस्य चुनेका हुन् ।

बेनी नगर कार्यपालीका सदस्यमा दलित अल्पसंख्यक तर्फ एमालेका कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान गौचन र राप्रपाका झलप्रसाद गौचन निर्वाचित हुनुभएको छ । महिला सदस्यमा एमालेकी गोरी दर्जी, गौमती नेपाली, गौरी थापामगर, दुर्गाकार्की बानिया र टकसरा राना निर्वाचित हुनुभएको छ ।

यसअघिको तालमेललाई निरन्तरता दिएका एमाले र राप्रपा समिकरणका उमेद्वारले ३८ र काँग्रेसका उमेद्वारले १३ मत पाएका थिए । मालीका गाउँ कार्यपालीकाको दलित सदस्यमा नेपाली काँग्रेसका कुलमान पटेल र अल्पसंख्यकमा माओवादी केन्द्रका दोरण शेरचन निर्बीरोध छनौट हुनुभएको छ ।

महिला सदस्यमा सदस्यमा स्वतन्त्रबाट चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपाई र माओवादी केन्द्रकी मनरुपा घर्ती मनोनित हुनुभएको छ । मालीकामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र समूहले सहमती गरेर निर्बीरोध रुपमा कार्यपालीका सदस्य चयन गरेका हुन् ।

मंगला गाउँ कार्यपालीको दलित सदस्यमा दिलमाया बिक, अल्पसंख्यकमा रत्नबहादुर विश्वकर्मा, महिला सदस्यमा डिलकुमारी खत्री, शसीकला फगामी, सरदेवी भट्टचन र सरस्वती उपाध्याय चयन हुनुभएको छ । उनिहरु सबै नेकपा एमालेका हुन् ।

अन्नपूर्ण गाउँ कार्यपालीका गठनका लागि भएको निर्वाचनमा काँग्रेस–माओवादी प्यानलका उम्मेदवारहरु बिजयी भएका छन् । दलित तथा अल्पसङ्ख्यकबाट नेपाली काँग्रेसका आत्मा तुलाचन र नेकपा माओवादी केन्द्रका थमबहादुर विक रहनुभएको छ ।

त्यसैगरी, महिला सदस्यमा नेपाली काँग्रेसकी दिर्जु रन्जिता, पवित्रा खड्का , माओवादी केन्द्रका टेकमायाँ तिलिजा र विष्णुकुमारी दमै बिजयी हुनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।

रघुगंगा गाउँ कार्यपालीका सदस्यमा दलित र अल्पसंख्यकबाट नेपाली काँग्रेसका तोरण दर्जी, धनमाया घताने (गोतामे), महिला सदस्यहरुमा काँग्रेसकै बिष्णुमती पुन, यामकुमारी गोतामे घर्ती, रिती थजाली र सम्झना परियार निर्बीरोध हुनुभएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

धौलागिरी गाउँ कार्यपालीकामा नेकपा एमालेका उमेद्वार निर्बीरोध भएका छन् । दलित अल्पसंख्यकतर्फ रामबहादुर बिक, देउप्रसाद छन्त्याल, महिलातर्फ सुवादेवी पुर्जा, किनमाया घर्ती, बालकुमारी बिक र तिलकुमारी केसी चयन हुनुभएको वडा न. ३ का अध्यक्ष पुर्म पुनले जानकारी दिनुभयो । निर्वाचित कार्यपालीका सदस्यहरुलाई निर्वाचन अधिकृतहरुले बिजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।