पश्चिम म्याग्दीका दुर्गम क्षेत्रका विद्यार्थीलाई पुस्तकालय बरदान सावित

0

विद्यालयमा पुस्तकालयको स्थापना भएपछि विद्यार्थीको दैनिकीमा समेत परिवर्तन आएको शुक्रबार धौलागिरि गाउँपालिकाको मुनामा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् ।

रुम टु रिड नेपालको आर्थिक तथा गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको प्राविधिक तथा ब्यवस्थापनमा विद्यालयमा स्थापित पुस्तकालयमा रहेका विभिन्न किसिमका पुस्तकले प्राथमिक तहका विद्यार्थीलाई आर्कषित गरेको बताइएको थियो ।

मुनाको धौलागिरि आधारभुत विद्यालयमा चारबर्ष अगाडी स्थापना गरिएको पुस्तकालय समुदायमा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका प्रमुख थमसरा पुनले दुर्गम क्षेत्रमा सामुदायिक विद्यालयमा पुस्तकालयले शैक्षिक गुणस्तर बढाउन उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।

गाउँपालिका उपप्रमुख रेशम छन्त्यालले आफुँ समेत पाँचबर्ष पु्स्तकालय कार्यक्रममै सक्रिय रहेको अवस्थाको स्मरण गदैं म्याग्दीमा समुदायिक विद्यालयमा रुम टू रिड र गाजा डेभलपमेन्ट फाउण्डेशनले पुस्तकालय र विद्यालयमा भवनमा ठुलो लगानी गरेको बताउनुभयो । त्यस्तै हेम उच्च मावि स्रोतकेन्द्रका श्रोतब्यक्ति गिरी प्रसाद छन्त्यालले पुस्तकालयको ब्यवस्थापनसगै प्रयोगमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले प्राथमिक तहका विद्यार्थीलाई लक्षित गरेर स्थापना भएका पुस्तकालयमा शिक्षक र अभिभावकले समेत प्रयोग गर्न पुस्तकहरु रहेकाले समुदायसम्म पुस्तकायको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो । हस्तान्तरण कार्यक्रममा विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण र्गौतमले पुस्तकालय हस्तान्तरण र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा धौलागिरि गाउँपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद गौतम, अभिभावक, सामुदायक संघसंस्थाको उपस्थिती रहेको थियो ।

पुस्तकालय हस्तान्तरण कार्यक्रमको अवसरमा मुना निवासी पृथबहादुर र देवसरा पुनले पुस्तकालय कोषमा ७६ हजार ७६० रुपैयाँ सहयोग गरी पुस्तकालयको नाम पृथ पुस्तकालय नामाकारण गरिएको छ । विद्यालयका प्रअ मन बहादुर पुनले स्वागत गरेको कार्यक्रमको अध्यक्षता नर बहादुर थजाली, स्वागत शिक्षक रेशम पुन र सञ्चालन भुवन भण्डारीले गरेका थिए । त्यसैगरी फलियागाउँको शुक्रबार नै मुना फलियागाँउमा अवस्थित धनजनता माविमा आयोजित पुस्तकालय समेत समुदायमा हस्तान्तरण गरिएको छ ।

गाउँपलिका प्रमुख थमसरा पुनको प्रमुख आतिथ्यतामा आयोजित पुस्तकालय हस्तान्तरणको अध्यक्षता ब्यवस्थापन समितिका अध्यक्ष याम बहादुर भण्डारीको अध्यक्षता, प्रअ पुस्कल भण्डारीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा लगाएतको उपस्थिती रहेको थियो ।

विहिबार किसानी मावि ताकम धारापानीमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दल बहादुर थापा लगाएतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । त्यस्तै ताकम माविमा समेत भब्य समारोहका विच समुदायमा हस्तान्तरण गरिएको छ । म्याग्दी जिल्लाका विभिन्न ९९ सय विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । पुस्तकालयको चारबर्षे कार्यक्रम गरी करिव ७ लाख बराबरको पुस्तक, फर्निचरका साथै प्राथमिक तहका शिक्षकलाई तालिम र अनुगमन गर्ने गरिन्छ ।