फुड पोइजिङले आमा-छोराको मृत्यु

0
200

म्याग्दीको मँगला गाउँपालिका-५ छिस्वाङमा ससुराली आएका आमा छोराको फुड पोइजिङका कारण ज्यान गएको छ । सासु-ज्वाईको अवस्था गम्भिर छ । शुक्रबार बिहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए ।

स्थानीयको सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र दरबाङ पुर्‍याएपनि त्यहाँ उपचार संभव नभएपछि चारैजनालाई बेनी अस्पताल ल्याईएको थियो । बेनी अस्पतालमा उपचारका क्रममा रघुगंगा-८ पात्लेखर्कका २० बर्षीय चिना गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो ।

चिनाकी श्रीमान प्रेम गुरुङ (पबहादुर), १४ महिनाको छोरा र आमा झपीकला प्रज्ञाको अवस्था गम्भी। भएपछि बेनी अस्पताले थप उपचारका लागि पोखरा रिफर गरेको थियो । गुरुङको १४ महिनाको छोराको शुक्रबार राति उपचारको क्रममा पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको प्रनि घिमिरेले जानकारी दिनुभयो।

‘दुई जना सासु-ज्वाईको अवस्था गम्भीर छ, दुबै जनाको उपचार भइरहेको छ’ प्रनि घिमिरेले भन्नुभयो । दुईबर्ष अघि विवाह गरेका उनीहरु केहिदिन अघि ससुराली आएका थिए । प्रहरीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ । गोपाल छन्त्याल