रोग पखाल्न तातोपानी कुण्डमा

0
235

शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्थामा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा आएका दाङ लालमटियाका शिवलाल सुबेदी कुण्डका प्रवेश गर्दा धेरै विरामीले उनको नजिक समेत परेनन् । माछाको कत्ला जस्तो घाउबाट दुर्घन्ध समेत फैलिएको भन्दे केही विरामीले छुट्टै स्नानको ब्यवस्था गर्न अस्पताल विकास समितिलाई माग समेत गरे । दर्दनाक घाउ शरीरभरि फैलिएर चिन्तित भएका शर्माले विरामीलाई असर नगर्ने गरी कुण्डमा दैनिक पाँचघण्टासम्म स्नान गरे ।

दैनिकजसो घाउ निको हुन थालेपछि कुण्डमा स्नान गरिरहेका विरामीले समेत सहज रुपमा लिन थाले । शरीरको घाउ कुण्डमा १२ दिन स्नान गरेपछि सुधार आएपछि घर फर्किए । शर्माजस्तै प्राकृतिक उपचारस्थलको रुपमा परिचित कुण्डमा स्नान गरेर फुरूङ्ग हुदै घर फर्कने गरेका छन् । बागलुङको हुक्दिसीरका केशर बहादुर बर्मा लडेर शरीरमा चोट लागेपछि विगत १७ बर्ष देखी स्नान गर्न आउने गरेको बेनीअनलाइनलाई बताए ।

बर्माले चिकित्सा पद्धतीलाई पनि विश्वास गर्ने बताउँदै आफन्त र सहयोगी लिएर कुण्डमा आएका विरामीहरू फर्कने बेलामा उत्साहित भएर फर्कने गरेकाले पनि आफुँलाई समेत थप हौसला मिल्ने गरेको अनुभव सुनाउँछन् । पुरुष र महिलालाई फरक– फरक समय तालिका रहेको कुण्डमा गम्भीर दुर्घटनामा परेर अस्पतालमा बसेका विरामी चिकित्सकले डिस्र्चाज गरेपछि कुण्डमा एक महिनासम्म स्नान गर्ने गरेको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।

पुरुष र महिलालाई फरक– फरक समय तालिका रहेको कुण्डमा गम्भीर दुर्घटनामा परेर अस्पतालमा बसेका विरामी चिकित्सकले डिस्र्चाज गरेपछि कुण्डमा एक महिनासम्म स्नान गर्ने गरेको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । ‘धेरैजसो उत्साहित हुदै फर्कनुहुन्छ, रोग निको भएपछि मन खोलेर चन्दा समेत दिनुहुन्छ’ शाक्यले बेनीअनलाइलाइनलाई भने । उनले देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत मुक्तिनाथ दर्शन गर्न आएका भारतीयहरू कुण्डमा एकसाता सम्म स्नान गरेर फर्कने गरेको बताए ।

कुण्डमा जिल्लाको विभिन्न गाउँपालिकाका साथै छिमेकी जिल्ला बाग्लुङ, पवर्त, मनाङ, मुस्ताङ पोखरा, काठमाडौ, भैरहवा, चितवन, नेपालगंज, धरान लगाएतका क्षेत्रबाट बर्षेनी करिव १६ हजारको हाराहारीमा स्नान गर्न आउने गरेका छन् । एकजना विरामीले एक साता देखी १६ दिनसम्म स्नान गर्ने गरेको कुण्डका कर्मचारीको भनाई छ ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरमा सङ्कलन गर्ने गरिन्छ । एउटा विरामीले आफुँलाई निको भएपछि अर्कोलाई प्रचार गर्ने गरेकाले पनि बर्षेनी ३ हजारको हाराहारीमा विरामी बढेको ब्यवस्थापन समितिले जनाएको छ ।

गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएपनि गर्मी मौसममा माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीहरुका लागि तातोपानी कुण्ड प्रकृतिको बरदान बनेको छ । जिल्लाभर करिव एकदर्जन तातोपानी कुण्ड फेला परेको छ । कुण्डको आम्दानीले गाउँमा शिक्षा, स्वास्थ्य सहित विभिन्न पूर्वाधार विस्तारमा खर्च गर्ने गरिएको छ । हरिकृष्ण गौतम