बालोदय आधारभुत विद्यालयले जनप्रतिनिधिलाई सम्मान

0
229

मंगला गाउँपालिका–१ कुहुँ भर्जुलामा रहेको बालोदय निमावीमा जनप्रतिनिधिलाई स्वागत सहित विभिन्न कार्यक्रम गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोका, उपप्रमुख श्रीजना केसी र वडा अध्यक्ष डेक बहादुर राम्जालीलाई स्वागत तथा सम्मान गरिएको छ ।  सोही अवसरमा बल बहादुर शेरपुञ्जा छात्रबृद्धि वितरण, अपाङ्गता दलित छात्रबृद्धि लगाएत विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिएको विद्यालयका प्रअ धन बहादुर विकले बताए ।

कार्यक्रममा भारतीय सेनाबाट अवकाश प्राप्त देवीप्रसाद पुनले ५० हजार, भुपु प्रअ इन्द्र बहादुर पुन ५० हजार र देविप्रसाद पुन, तिलक पुन, पुर्ण मायाँ पुन, गोविन पुन, निलकुमारी बुढा र दिलकुमारी पुनले १ लाखको अक्षय स्थापना गरेका थिए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष याम बहादुर रोकाको अध्यक्षता, मन कुमारी जुग्जालीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका प्रमुख सतप्रसाद रोका लगाएतले मन्तब्य समेत राखेका थिए ।