अन्नपुर्ण गाउँपालिकाका दुई विद्यालयमा सञ्चालित प्रारम्भीक सिकाई तथा पठन कार्यक्रमको अनुगमन
म्याग्दीको अन्नपुर्ण गाँपालिकाका दुई विद्यालयमा अनुगमन गरिएको छ ।

प्लान नेपालको आर्थिक सहयोग र गाजा फाउन्डेशन बागलुङको सहकार्यमा म्याग्दीका २५ वटा विद्यालयमा सन्चालन हुने प्रारम्भीक सिकाई तथा पढाई कार्यक्रम मध्ये पहिलो चरणमा लागु भएका १० विद्यालय मध्ये अन्नपुर्ण गाँउपालिकाका वडा नः ४ नारच्याङ प्रभा माध्यामिक विद्यालय र दानामा अवस्थित ज्ञान प्रकाश माध्यामिक विद्यालयमा सोमबार म्याग्दीका जिल्ला शिक्षा अधिकरी रामकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी बाग्लुङका बिष्णु प्रसाद पौडेल, सहायक जिल्ला शिक्षा अधिकारी कुस्मराज उपाध्याय र फाउन्डेशनका पदाधिकारी सहितको टोलिले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सञ्चालित अभिभावक शिक्षा कार्यक्रमबाट आफुले विद्यालयमा सिकेका कुराहरु आफ्नो बाल बच्चालाई सिकाउन पाहिएका छौं ।

पहिला हामिलाई बालबालिकालाई घरमा कसरी पढाउने कसरी गृहकार्य गराउने भन्ने थाहा नै थिएन यो कार्यक्रमले हामिले सिक्न पाएका छौं । र हाम्रो बालबालिकालाई सिकाउन पाएका छौं । अभिभावकमा उपस्थित भएका अभिभावकहरुले भने । प्रभा माध्यामिकमा प्रध्यानध्यापक भगवान कार्की भने यो कार्यक्रमले अहिले विद्यालयमा आउने विद्यार्थीहरु पनि रमाई रमाई बसेर पढ्छन । यसले अभिभावकहरुको विद्यालयमा हुने पढाईका किर्याकलापमा पनि चासो राख्न थालेका छन् यो राम्रो पक्ष हो यसले विद्यालयमा मात्र होईन घरमा पड्ने बानि पनि बस्छ ।

उक्त अनुगमनमा श्रेष्ठले विद्यालयको कक्षामा हुने पढाईको बारेमा समेत बिद्र्यािर्थबाट बुझेका थिए । प्रारम्भीक सिकाई तथा पढाई कार्यक्रमका अधिकृत लाल बहादुर पुर्जाले भने हामिले यो कार्यक्रमा म्याग्दीका २५ वटा विद्यालयमा गर्छै ।पहिलो चरणमा यो कार्यक्रम १० विद्यालयमा गरेका छौ । यसबाट राम्रो प्रतिक्रिर्या आएको छ । अब बिस्तारै अरु बाँकी विद्यालयमा यो कार्यक्रमा सच्चालन गर्छौ । राकेश शर्मा