मंगला गाउँपालिका–४ अर्मन छिस्वाङकी ६० बर्षिया भविकला पुर्जा अस्पतालको सैश्यामा छिन् । गत शनिबार विहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएलगत्तै बेहोस भएकी पुर्जाको पोखरामा उपचार भइरहेको छ । रगुंगगा गाउँपालिका–८ कुइनेमंगलेको पात्लेखर्कबाट माइत आएकी चिना गुरुङ , श्रीमान प्रेम बहादुर र १४ महिनाको छोरा खाना खाने क्रममा एकैपटक बेहोस भएपछि स्थानीको सहयोगमा उपचारका लागि दरवाङ, बेनी अस्पताल हुदै पोखरा पु¥याइएको छ ।

१४ महिनाको कोखे बालक संगै आएकी चिनाको उपचारको क्रममा बेनीमा र छोराको पोखरामा ज्यान गएको थियो । भविकल र पब बहादुर कास्कीको पोखरास्थित कास्की सेवा अस्पतालमा जीवन–मरणको दोसाँधमा छन् । आर्थिक अवस्था कमजोर रहेको पब बहादुर र भबिकलाको उपचारमा आर्थिक अभाव भएपनि पब बहादुरलाई कुईनेमंगलेका यूवा तथा विदेशमा रहेका कुईनेमंगलीबासीले आर्थिक जुटाइरहेका छन् । यता भबिकलाको उपचारमा आर्थिक अभाव देखिएको आफन्तले बताएका छन् ।

‘उहाँको उपचारमा आर्थिक अभाव देखिएको छ । अझै आइसियूमै हुनुहुन्छ’ पुर्जाका आफन्त हेमा पुर्जाले भनिन् । उनका अनुसार खाना खाने क्रममा बेहोस भएपछि उपचारको खोजीमा पोखरासम्म पुर्याएपछि उपचारमा आफन्तले सहयोग गरेपनि थप उपचारमा सहयोगको याचना गरिएको छ । सिकिस्त अवस्थामा पोखरामा पु¥याइएको पुर्जाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । एकल महिला पुर्जाको उपचारमा सहयोगको अपिल समेत गरिएको छ । तरकारीमा विषाधी भएको अनुमान गरिएपनि मृतकको पोष्टमार्टम रिर्पोट आएको छैन् ।

थप जानकारीका लागि हेमा पुर्जा : 9806140330