आनीबानीमा ध्यान दिए नसर्ने रोगको जोखिम कम गर्न सकिन्छ

0
222

म्याग्दीको सदरमुकाम बेनीमा बुधबार नसर्ने रोगसम्बन्धी पत्रकारहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सञ्चार विकास तथा अनुसन्धान केन्द्र, स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा अन्तत्र्रिmया र छलफल गरिएको हो ।

नसर्ने रोगसम्बन्धी विषयमा जानकारी दिने तथा रिपोर्टिङमा पहुँच बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर तिलक गौतमले नसर्ने रोग र अस्पतालको सेवाका बारेमा सहजीकरण गरेका थिए । उनले खानपिन र बानी व्यहारमा ध्यान दिएमा नसर्ने रोगको जोखिमलाई कर्म गर्न सकिने बताएका छन् ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारले औपचारिक कार्यक्रम सम्पन्न भए भन्दापनि समाजमा लुकेका र ओझेलमा परेका विषयबस्तुलाई बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए । स्वास्थ्य पत्रकार पदमराज जोशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालयका नासु रामचन्द्र पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लास्थित स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध पत्रकार एवं सञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो । प्रताप बानियाँ