म्याग्दी खोलामा हाम फालेर बेपत्ता

0

बेनी नगरपालिका–४ ठुलोखोलाबाट बुधबार मध्याह्न एक ब्यक्तिले म्याग्दी खोलामा हाम फालेर बेपत्ता भएका छन् । म्याग्दी खोलामा हाम फालेर बेपत्ता भएका ५९ बर्षिय हर्क बहादुर किसानको खोजीकार्य भइरहेको छ । खोलामा हाम फालेको देखेपछि स्थानीय र बेनी–दरवाङ सडकमा यात्र गरेका यात्रुले प्रहरीलाई खवर गरेका थिए ।

बेपत्ता भएका किसानको अवस्था अज्ञात रहेको प्रहरी निरिक्षक दिवाकर घिमिरेले बेनी अनलाइनलाई बताए । ‘खोजीकार्य भइरहेको छ । आत्महत्याको कारण समेत पत्ता लगाउँदैछौ’ उनले भने । म्याग्दी खोलामा हाम फालेलगत्तै बेपत्ता भएका किसानको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली सहित घटनास्थमा स्थानीयबासी, म्यादी प्रहरी लगाएत खटिएका छन् ।

म्याग्दीमा बर्षेनी करिव २० जना भन्दा धेरैले आत्महत्या रोज्ने गरेका छन् । आर्थिक अवस्था कमजोर, पारिवारिक कलह लगाएतका कारण आत्महत्या रोज्ने गरेको देखिन्छ । आत्महत्यामा डोरीले पासो लगाएका घटना धेरै भएपनि विष सेवन र नदी र भीरबाट समेत हाम फाल्नेर ज्यान गुमाउने गरेका छन्