मंगला गाउँपालिका बरंजाकी ३० बर्षिया एक यूवतीको पाठेघर भित्र र बाहिर गर्भ बस्यो । तीनबर्ष अगाडी विवाह गरेकी सीता रोका मगर (नाम परिवर्तन) विवाह दुईबर्ष अगाडी समेत गर्भ खेर गएको थियो । स्थानीय स्वास्थ्य चौकी र बेनी अस्पतालमा गर्भ चेकजाँच गर्न आएकी उनले पहिलो गर्भ खेर गएपनि दोस्रो पटकको गर्भ बसेको चिकित्सकले बताएपछि फुरूङ् हुदै घर फर्किईन् । तर उनको उत्साह लामो समयसम्म टिक्न सकेन् ।

गत चैत्र महिनामा पाठेघर भित्रको बच्चा दोस्रोपटक पनि गत चैत्र ३० गते खेर गएपछि रोका मगर र उनका श्रीमान निरास भए । दुईपटक सम्म बच्चा खेर गएपछि घरायसी काममा ब्यस्त हुन थाले । बच्चा खेर गएपनि बेलाबेलामा विरामी हुने गरेकी थिईन् ।

तीनदिन देखी दाँहिने कोखमा अत्याधिक पीडा हुन थालेपछि उपचारका लागि बेनी अस्पतालको इमरजेन्सीमा भर्ना भएकी रोका मगरलाई स्वास्थ्यकर्मीले एपेन्डिक्स हुनसक्ने भन्दै डा. धिरेन मल्ललाई सिफारिस गरे । भिडियो एक्सरेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ (ectopic pregnancy) भेटिएपछि डा.मल्ल समेत चकित परे ।पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भ भेटिएपछि तत्कालै चिकित्सकको टोली इर्मरजेन्सी बैठक बसेर सफल अप्रेसन गर्न सफल भए ।

‘पाठेघर बाहिर बच्चा हुर्किरहेको थियो ।विरामीको ज्यान जोगाउन समेत अप्रेसनको विकल्प थिएन’ उनले भने ।डा. मल्लका अनुसार विगतमा समेत पाठेघर बाहिर(Falopain Tube) मा ११ हप्ताको बच्चा फुटेपछि आन्तरिक रुपमा अत्याधिक रगत बगेको अवस्थामा अस्पतालमा आएकी एक विरामीको सफल उपचार भएको बताउँदै १३हप्तासम्म जिवित अवस्थामा पाठेघर बाहिर बसेको बच्चा भेटिनु चिकित्सा क्षेत्रमै दुर्लभ भएको बताए ।

पाठेघर बाहिर बच्चा भेटिएका विरामीको ब्लर्ड प्रेसर, पल्र्स(नारी) र स्वासप्रस्वास समान्यभन्दा निकै तल हुनुका साथै बोहोस अवस्थामा अस्पतालमा आउने गरेपनि रोका मगर समान्य अवस्थामै अस्पतालमा पुगेकी थिईन् ।मृत्यूको मुखमा पुगेका विरामीलाई अप्रेसन गरी ज्यान जोगाएर लोकप्रिय चिकित्सक समेत बनेका डा.मल्लका अनुसरा पाठेघर बाहिर १३ हप्तासम्म जीवित बच्चा भेटिने विश्वकै ३० हजार गर्भवती महिलामा एक मात्रै हुने बताए ।

उनले अप्रेसन पछाडी समेत केही समय बच्चाले शरीर र खुट्टा चलाइरहेको भिडियो समेत देखाउँदै नेपालमा निकै कम संख्यामा यस्ता विरामी भेटिने गरेको बताए । उनले दुर्लभ मानिएको विरामीको उपचार अगाडी विश्वभर अपनाइएको विधि र अप्रेसनमा देखिएका समस्याहरूलाई विश्वका ठुला अस्पताल र अनु्भवलाई समेत हेर्ने गरिएको बताए ।

२५ सैयाको अस्पतालमा पाठेघर बाहिर आन्द्रामा बच्चा बसेको, योनी भित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाईते, पिसावको थैलोमा भएका ढुङ्गा, अण्डकोष तल नझरेको, एपेन्डिस, हड्डी, नसा चुडिएका लगाएत चिकित्सा क्षेत्रमै जटिल मानिएका अप्रेसनमा सफलता प्राप्त गरेपछि विरामीको आर्कषण समेत बढेको छ ।

विरामीका आफन्तले समेत आस मारेकालाई समेत चिकित्सकहरूले अन्र्तराष्ट्रियस्तरका अनुभवहरूलाई समेत हेरेर समेत अप्रेसन गर्ने गरेका छन् । बेनी अस्पतालमा रहेका डा. मल्ल र प्रमुख न्यौपानलेले जटिल अप्रेसनको पुरानो अनुभव र दर्जनौ तालिमहरुमा समेत सहभागिता जनाएका छन् ।

अन्तिम अवस्थामा अस्पतालमा पुगेकालाई ज्यान जोगाएर थप उपचारका लागि पोखरासम्म पुर्याएका चिकित्सकहरुका बारेमा पोखराको मनिपाल र गण्डकी अस्पतालमा समेत चर्चा हुने गरेको छ । नेपालको चिकित्सा क्षेत्रमा जटिल सुचीमा रहेका अप्रेसनको सफल सल्यक्रिया भएपछि सहयोग गर्ने निकायले समेत आधुनिक प्रविधियुक्त उपकरणमा प्राथमिकता दिएका छन् ।

‘हामीले मृत्यु नजिक पुगेका धेरै विरामीलाई अस्पतालबाटै बचाउन सफल भएका छौ । ठुला अप्रेसन समेत जिल्लामै हुन थालेपछि विस्तारै आवश्यक उपकरण समेत थपिदैछ‘ बेनी अस्पतलाका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरीटेण्डेण्ड डाक्टर रोशन न्यापानेले भने ।  उनले निक साईमन इन्टिन्यूट अमेरिकाले अनुभवी चिकित्सक सहित आवश्यक उपकरणमा समेत सघाएपछि जटिल अप्रेसन समेत जिल्लामै सम्भव भएको बताए । पोखराबाट समेत उपचार असम्भ भन्दै फर्किएका विरामीले समेत बेनी अस्पतालमा पुगेर अप्रेसन गरी उपचार गराएको समेत भेटिएको छ ।

अघिल्लो सरकारका स्वास्थ्यमन्त्री गगन कुमार थापाले समेत बेनी अस्पतालको सेवाबाट उत्साहित भएको भन्दै अस्पतालमै पुगेर चिकित्सकलाई धन्यवाद दिएका थिए । बेनी अस्पतालमा आधुनिक एक्सरे मेसिन, भिडियो एक्सरे, महिला, बालबालिकाको उपचारमा आवश्यक पर्ने मेसिन, अप्रेसनमा प्रयोग हुने जनरल एनेस्थेसिया जिए मेसिन लगाएत देशभरका जिल्ला अस्पतालमा निकै कम पाईने आधुनिक उपकरणहरू निक साईमन, विभिन्न संघसंस्थाबाट सहयोग र अस्पतालले आफै खरिद गरेकाले म्याग्दी, पर्वत, बागलुङ र गुल्मीबाट समेत विरामी उपचारका लागि आउने गरेका छन् ।

करिव ५० देखी ८० हजार सम्म खर्च हुने र लामो समयसम्म चिकित्सकको निगरानीमा बस्नुपर्ने विरामीको जिल्लामै निशुल्क उपचार हुन थालेपछि विपन्न परिवारलाई ठुलो राहत मिलेको छ । अनुभवी चिकित्सकले परिवारले नै आस मारेका विरामीको समेत सफल उपचार गर्न थालेपछि विगतको तुलनामा विरामीको चाप समेत बढेको छ ।

१३ हप्ताको पाठेघर बाहिर रहेको जिवित बच्चाको सफल शल्यक्रिया गरी विरामीको ज्यान जोगाएको घटनाको देशभर चर्चा भइरहेको छ । निकै जटिल र चिकित्सकले समेत विरामीको विरोध खेप्नुपर्ने अवस्थाको अप्रेसन गरेर जिल्ला अस्पतालकै नाम उच्च बनाएको भन्दै चिकित्सकहरुको फोरममा समेत चर्चा भइरहेको छ भने स्वास्थ्यका क्षेत्रका समाचार सम्प्रेसन गर्ने पत्रपत्रिका र अनलाइनले समेत दुर्लभ अप्रेसन भन्दै चर्चा गरेका छन् ।

यो पनि पढ्नुहोस्

https://myagdikali.com/50070.html