धौलागिरि अञ्चलमै पहिलोपटक दृष्टिविहिन विद्यार्थीको क्रिकेट म्याग्दीमा सुरू भएको छ । अपाङ्ग संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय मावीमा अध्ययरत दृष्टिविहिन विद्यार्थी र कास्कीको पोखराका दृष्टिविहिन विद्यार्थी विच मैत्रिपूर्ण खेल भइरहेको छ ।

दृष्टिविहिन भएका विद्यार्थीले समेत साङ्ग जस्तै क्रिकेट, फुटबल लगाएतका खेलकुद गतिविधिमा सहभागिता जनाउन सक्छन भन्ने सन्देश दिन र अपाङ्ता भएका विद्यार्थीलाई खेलकुदमा समेत राज्यले प्राथमिकता दिएमा विश्वका विभिन्न देशमा पुगेर समेत प्रस्तिपर्धा गर्न सक्ने अपाङ्ताको क्षेत्रमा काम गर्ने अगुवाको भनाई छ ।

प्रतियोगिताको उद्घाटन गदै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपाङ्गता भएकाले जस्तैसुकै काम पनि गर्न सक्ने भएकाले राज्यले उपवब्ध गराएका सेवालाई प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुबेदी, प्रहरी निरिक्षक दिवाकार घिमिरे, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको अवसरमा दृष्टिविहिन विद्यार्थीको खेलकुद गतिविधिले अपाङ्ता भएका विद्यार्थीको सक्षमता प्रस्तुत गरेकाले आगामी दिनमा समेत निरन्तरता दिने अपाङ्ग संघले जनाएको छ । २० ओभरको प्रतियोगितामा खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । प्रतियोगिताको अध्यक्षता अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसी, स्वागत गणेश सुबेदी र सञ्चालन सचिव सुरेन्द्र केसीले गरेका थिए ।

दुईदिन सम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दीका फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने बालजागृति आधारभुत विद्यालय, धौलागिरि मावि सिंगा र ज्ञानोदय मावि राखु र धौलागिरि बहिरा विद्यालय बागलुङबाट विद्यार्थी आएका थिए । प्रतियोगिताका अवसरमा विभिन्न खेलकुद लगाएतका साम्रागी समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।