बैङ्कबाटै गएको बन्डलमा नक्कली नोट

0

प्रभु् बैङ्क बेनी शाखामा एक विकास बैंकबाट आफ्नो खातामा जम्मा गर्न ल्याइएको नगदमा एउटा पाँच सय नोट नक्कली भेटियो । तत्कालै बैङ्की लालकुमारी खड्काले नक्कली नोटका बारेमा जानकारी गराएपछि सम्बन्धित बैंङ्कमा म्यानेजरले नोट फिर्ता लगेर आफ्नो काउण्टर मार्फत जानकारी लिदाँ आफ्नै शाखा नजिक रहेको अर्को बैङ्कबाटै आएको पत्ता लाग्यो ।

दुईवट बैङ्क हुदै प्रभु बैङ्कमा पुगेको पाँच सय नेपाली नोट बारे थप अनुसन्धान भएको छैन् ।‘बन्डलमा एउटा नोट भेटियो, सचेत भएर कारोबार गरिरहेका छौ’ प्रभु बैङ्की खत्रीले बेनीअनलाइनलाई भनिन् । एक महिनाको अन्र्तरालमा म्याग्दीको सदरमुकाम बेनीमा पाँच सयको नक्कली नोट छ्यापछ्याप्ती भेटिन थालेको छ ।

खाद्यन्न साम्रागी, मासु, कस्मेटिक, फेन्सी पसलमा सामान खरिद गर्ने क्रममा भेटिने गरेको नक्कली पैसा बैकिङ प्रणालीबाटै एक बैङ्कबाट अर्को बैङ्कमा जान थालेपछि वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी त्रसित भएका छन् ।गत जेठ ७ गते बेनी अस्पतालमा पाँच सयको नेपाली नक्कली नोट भेटिएको थियो ।अस्पतालको काउण्टरमा सेवा लिए वापत सेवाग्राहीबाट फेला परेको नक्कली नोटका बारेमा प्रहरीले अनुसन्धान गरिरहेपनि कारोबारीकर्ता पहिचान हुन सकेको छैन् ।

त्यस्तै बेनीबजारका अत्याधिक चहलपहल हुने क्षेत्रमा समेत नककली नोट देखिन थालेको भन्दै सेवा प्रदायकले पाँच सयको नोटलाई निगरानी बढाएका छन् । ‘चारवटा शंस्कापद नोट भेटियो, ग्राहकबाट भन्दा पनि वित्तिय संस्थाबाटै झुक्किएर नोट आउने गरेको छ’ गरिमा विकास बैङ्कका बेनी प्रवन्धक कमल प्रसाद ढुंगानाले भने ।

उनले ग्राहकबाटै बैङ्कसम्म नक्कली नोट प्ुग्ने र अर्को बैङ्कको खातामा जम्मा गर्ने क्रममा भेटिन थालेपछि नोट नक्कली वा सक्कली छुट्टाउने अल्ट्रा भायोलेट लाइट नामक मेसिनको प्रयोग सुरू गरिएको बताए । बेनीमा शाखा रहेका सबैजसो बैङ्कसंग नक्कली पैसा सहजै पहिचान गर्ने मेसिन उपलब्ध भएकाले कर्मचारीको अभाव र अत्याधिक चाप हुदाँ छिटो काम गर्न कर्मचारीले नोट गन्ने मेसिनको प्रयोग गर्ने गरेका छन् । मेसीनले नोट गन्दा नक्कली र सक्कली पहिचनमा समस्या हुने गरेको छ ।

बन्डल र बैङ्कको लोगो सहित आएको पैसामा भेटिएको नक्कली नोटलाई पहिचान गर्न सजिलो भएपनि ग्राहक मार्फत भित्रिएको नोटको प्रयोगकर्ता पहिचानमा समस्या हुने प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताईन् । ‘अस्पतालमा भेटिएको नक्कली नोटको खोजीकार्य भइरहेको छ ।

बैङ्कमा भेटिएको बारेमा जानकारी छैन’ खड्काले भनिन् । उनले नक्कली नोटका बारेमा जानकारी पाउने वित्तिकै खवर गर्न समेत अपिल गरेकी छन् । उनले बेनी–पोखरा राजमार्ग हुदै नक्कली नोट भित्रिएको हुनसक्ने भन्दै चेकजाँचलाई तिब्रता दिएको समेत जानकारी दिईन् ।

सर्वसाधारणमा नक्कली नोट पहिचान गर्ने बारेमा आवश्यक ज्ञान नभएको कारण गिरोहले भिडभाड र सहजै कारोबार गर्ने क्षेत्रमा ध्यान केन्द्रित गरेको हुनसक्ने प्रहरीको दावी छ । छिटफुट भेटिएको नोट एक हजार र पाँच सयको बन्डल समेत देखिएपछि म्याग्दीमा ठुलो संख्यामा नक्कली नोट भित्रिएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै सामान विक्री गर्न जिल्ला बाहिरबाट आउने ब्यापारीहरू दुर्गम क्षेत्रमा नक्कली नोटहरूको प्रयोग गर्न सक्ने भन्दै सचेत हुन समेत प्रहरीले अपिल गरेको छ । नक्कली नोट हेर्दा उस्तै लाग्ने नम्बर एउटै भएका, लालीगुराँसको छाप नभएका, प्रिन्ट फरक भएका,कागज चिप्लो,लुलो हुन्छ । नक्कली नोटको पहिचान गर्ने बारेमा बैङ्क तथा वित्तिय संस्थाले आवश्यकता अनुसार कर्मचारीलाई तालिम उपलब्ध नगराउने गरेकाले तत्कालै पहिचानमा समस्या हुने गरेको कर्मचारीको भनाई छ ।

विगतमा जिल्लाका ग्रामिण क्षेत्रमा एक हजार नेपाली नोट भेटिने गरेको थियो । भारतीय ५ सय र एक हजारको नोट परिर्वतन भएपछि नक्कली नोटको कारोबारीमा गिरोह सक्रिय भएका छन् । स्थानीय तहको निर्वाचनमा समेत नक्कली नोटको प्रयोग भएको हल्ला चलेपनि फेला परेको थिएन । यसैविच जिल्लामा रहेका वित्तिय संस्थाले नक्कली नोटको पहिचानमा विषेश सक्रियता देखाउँदै एउटा वित्तिय संस्थाबाट अर्कोमा खोलिएको खाता र दैनिक कारोबारमा समेत ग्राहकलाई सहजै पहिचान गर्ने गरी सिसी क्यामेरा फुटेज लगाएत कर्मचारीलाई समेत निगरानी बढाउन थालेको छ ।