रघुगंगा गाउँपालीका ५ झिँमा मंगलबार महिलाहरुका लागि क्षमत्ता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा साहरा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा ३९ जना एकल महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, प्रहरी निरिक्षक सन्तोष रानाले एकल महिलाको परिचय, समस्या, हक अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो । महिलालाई आत्मनिर्भर बनाउन घरदैलोमै रोजगार सहितको सिपमुलक तालिम,उत्पादन संगै रोजगारमुलक गतिविधिमा समेत प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा एकल महिला संघ म्याग्दीका अध्यक्ष बिमला गौचन, वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, सचिव तेजकुमारी थापा, सदस्य रिती थजालीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सञ्जालका अध्यक्ष लक्ष्मी शेरपुञ्जाको अध्यक्षता, सचिव शशी शेरपुञ्जा थजालीको सञ्चालन र धनमाया गोतामेको स्वागतमा सम्पन्न कार्यक्रममा सुआहारा कार्यक्रमकी चुमाया थजालीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।