आधुनिक राज्य निर्माणमा नागरिकको भूमिका महत्वपूर्ण

0
208

म्याग्दीको सदरमुकाम बेनीमा बुधबारदेखि आधुनिक राज्य निर्माणमा नागरिकको भूमिका विषयक विचार गोष्ठी शुरु भएको छ । एफ ई एस नेपालको आयोजनामा राज्य निर्माणमा नागरिकको भूमिकाबारे छलफल गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

दुई दिनसम्म चल्ने गोष्ठीलाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले संविधानमा उल्लेख भएका सबै हक अधिकारको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले उल्लेखित हक र अधिकारको कार्यान्वयन गर्नका लागि सबै लाग्नुपर्ने भन्दै नागरिक शिक्षा निर्माणमा राज्यलाई घच्घच्याउन आवश्यक रहेको धारणा राखेक थिए ।

विचार गोष्ठीमा त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक सञ्जिता कुइँकेलले संविधान, स्थानीय निकायमा भएका व्यवस्था र स्थानीय तहको निर्वाचनका विषयमा सहजीकरण गरिरहेकी छिन् । यसैगरी अधिवक्ता पवित्रा राउतले कानुनी तथा सगरमाथा टेलिभिजनका प्रकाश गिरीले आर्थिक र राजनीतिक विषयमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, जिल्लामा क्रियाशिल पत्रकार, नागरिक समाज, प्राध्यापक, विद्यार्थी संघ सङ्गठनका प्रतिनिधिलगायतको सहभागीता रहेको छ । नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठको अध्यक्षता र एफ ई एस संस्थाका प्रतिनिधि समिरा पौडेलको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा चन्द्रदेव भट्टले संस्था र कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।