सुतिरहेको अवस्थामा म्याग्दीका एक यूवाको कोरियामा मृत्यु

म्याग्दीका एक युवाको दक्षिण कोरियामा मृत्यु भएको छ । कोरियाको सौल नजिकै खिम्पो शहर स्थित प्यास्टिकको दाना बनाउने’होंजिन’नामक कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका २ भगवतीका शिवकुमार कार्कीको मृत्यु भएको हो ।

९ महिना अघि यहाँ आई कार्यरत कार्की हिजो सुतेको तर आज बिहान ८ बज्दा पनि ढोका नखुलेपछि कम्पनीका मालिकले झ्याल तोडेर हेर्दा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । २७ बर्षिया कार्कीको आफन्तलाई समेत जानकारी गराइएको छ ।

उनको मुत्यु भएको बारे जानकारी आएको म्याग्दी समाज कोरियाका अध्यक्ष लोक बानिँयाले बताए। ‘ दुखद् घटनाले स्तब्ध भएका छौ । हिजोसम्म सम्पर्कमै हुनुहुन्थ्यो’ बानियाँले बेनीअनलाइनलाई भने।

उनले यस्ता घटनाले म्याग्दी समाज र पुरै कोरियाबासी नेपालीहरू स्तब्ध भएको बताए।घटनाको नेपाली दूतावासले समेत पुष्टि गरेको छ । उपनियोग प्रमुख किरणा शाक्यले घटनाबारे जानकारी आएको बताएका छन्।

घटनाका बारेमा प्रहरीले मोना कोरिया र नेपाली दुतावासलाई जानकारी गराएको छ । कम्पनीका कार्यरत नेपालीका अनुसार उनी केही दिनयता विरामी थिए । उनको बेडबाट औषधी समेत भेटिएको छ । दुईबर्ष अगाडी समेत म्याग्दी हिस्तानका एक यूवाको दुर्घटनामा ज्यान गएको थियो ।