सयौंबर्ष पुरानो बेनी कोटको संरक्षणमा पहल

बेनी नगरपालीका ८ मा रहेको बेनी कोट संरक्षणका लागि स्थानीय बासिन्दाले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्। बेनीकोट भण्डार व्यवस्थापन समितिले शनिबार जनप्रतिनिधीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा ऐतिहाँसीक सम्पदाको संरक्षण र प्रचारप्रसारमा प्राथमिकता दिन आग्रह गरिएको थियो ।

बाईसे चौबिसे राज्यका पालामा तत्कालीन सरकारले सिस्का बनाउने ठाउँको रुपमा प्रयोग गरेको बेनी कोटमा रहेका ऐतिहाँसीक सामरीक महत्वका तोप, खुडा, तरबार लगायत हतीयार संरक्षण हुन सकेको छैन् । पछिल्लो समय कोटघरको छानो मर्मत हुन नसक्दा पानी चुहिने समस्या छ । आर्थिक अभावमा पुजा सञ्चालनमा कठिनाई भएको छ ।

सो कार्यक्रममा बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल, वडा अध्यक्ष रामकृष्ण बराईलीले बेनी नगरपालीकामा रहेका ऐतिहाँसीक, सांस्कृतीक, धार्मीक र पर्यटकीय महत्वका सम्पदाहरुको संरक्षण, प्रचारप्रसार मार्फत पर्यटन विकासमा जोड दिइने बताउनुभयो ।

समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षता, सचिव मोहन बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनोद श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख बरुवाल, वडा अध्यक्षहरु रामकृष्ण बराईली, राजेन्द्रकुमार श्रेष्ठ, कृष्णबहादुर बानिया र सदस्यहरुलाई सम्मान गरिएको थियो । सन्तोष गौतम