८० बर्षको उमेरमा पनि बृद्धभत्ताबाट बन्चित

बुढेशकालमा घरखर्च, औषधी उपचार लगाएत ब्यक्तिगत खर्चमा सरकारले उपलब्ध गराएको बृद्धभत्ता बृद्धबृद्धालाई बरदान सावित भएको छ ।परिवारका अन्य सदस्यबाट अपमानित, आवश्यकता अनुसारको सुविचा लिनबाट बन्चित हुने धेरै बृद्धबृद्धाले हरेक चौमासिकमा बुझ्ने बृद्धभत्ताबाटै दैनिकी चलाइरहेका छन् ।

तर म्याग्दीको मालिका गाउँपालिका–५(साविक देविस्थान गाविस–७मगरदाङ्ग)का ८० बर्षिय बल बहादुर घर्तीले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गाँउका भिम बहादुर राना, टेक बहादुर बुढाथोकी लगाएत बृद्धभत्ताका लागि उमेर पुगेकाले हरेक चौमासिकमा सुविधा लिने गरेपनि घर्तीमगरले अहिलेसम्म एक रूपैयाँ पनि सामाजिक सुरक्षा भत्ताबापत बुझेका छैनन् ।

देविस्थानका विभिन्न बस्तीबाट सवारीसाधनको प्रयोग गरेर गाउँपालिकाको केन्द्र दरवाङमा सामाजिक सुरक्षा भत्ता लिन बृद्धबृद्धाहरू उत्साहित हुदैं पुग्ने बेलामा राना घरायसी काम र ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासका जंगलमा भेंडाको गोठमा ब्यस्त हुन्छन् ।‘मैले अहिलेसम्म बृद्धभत्ता पाएको छैन,मलाई पनि भत्ता चाहियो’ घर्तीले भने ।राम्रोसंग कान नसुन्नने उनले  पटक–पटक बृद्धभत्ता नपाएको गुनासो गर्ने गरेको भएपनि अहिलेसम्म सुनुवाई भएको छैन् ।उमेरले ८० बर्ष काटेपनि उनको सक्रियताबाट गाँउले समेत चकित पर्ने गरेका छन् ।

केहीबर्ष अगाडी गाउँमै सचिव मार्फत भत्ता वितरणको क्रममा समेत पुग्ने गरेका बृद्ध घर्तीको नाम उल्लेख नभएको भन्दै रित्तो हात फर्काउने गरेको थियो । दैनिक घरायसी काम, गाउँघरमा हुने कार्यक्रममा सहभागि र करिव दुईदिन लगाएर छिमेकी जिल्ला बागलुङसंग सिमाना जोडिएको ढोरपाटन शिकार आरक्ष आसपासका क्षेत्रमा करिव १ सय ५० वटा भेडाको रेखदेख गर्ने र एक्लै गाउँमा फर्कने गरेका घर्तीले सरकारले जिल्ला समन्वय समिति मार्फत हरेक चौमासिकमा करिव ३५ लाख सामाजिक सुरक्षा भत्ता वितरणका लागि पठाउने गरेको छ ।

विगत २०६८ साल देखी देविस्थानमा सामाजिक परिचालकको रुपमा कार्यरत सन्दिप विकले बृद्धभत्ताका लागि घर्तीको नाम उल्लेख नभएको बताए ।‘उहाँले अहिलेसम्म बृद्धभत्ता पाउनुभएको छैन ।धेरै गोठमा बस्ने भएर पनि हुनसक्छ’ विकले भने । बृद्ध घर्तीले भत्ता १ हजार र औषधी उपचार वापत मासिक दुई हजारको दरले बर्षमा २४ हजार भत्ता पाउने ब्यवस्था रहेको छ ।

सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुने गरेका घर्तीले आफन्त र छिमेकीको सहयोगबाटै औषधी र अन्य खर्च चलाउने गरेका छन् ।उनका छोरा तुल बहादुर घर्ती अधिकांस समय चरन क्षेत्रमा रहेको पशुचौपायाको गोठ रेखदेखमा विताउने गरेका छन् ।परिवारका अन्य सदस्यले समेत भत्ताका बारेमा कुनै चासो नदेखाएको स्थानीयको भनाई छ ।

गाउँबाटै भत्ता लिन आउने बृद्धबृद्धाले परिवारकै बेइमानीका कारण उनले सुविधा प्राप्त गर्नबाट बन्चित भएको भएपनि सम्बन्धित निकायले छलफल र चासो देखाएको गुनासो गर्ने गरेका छन् । जेष्ठ नागरिक, दलित, एकल महिला,अपाङ्ता भएकाले राज्यबाट सुविधा पाउने गरेका छन् ।गाउँमा रहेका सबै बृद्धबृद्धाले राज्यले उपलब्ध गराएको सेवासुविधा पाइरहेको अवस्थामा बृद्ध घर्तीले भत्ता नपाएको विषयमा गाउँमा बेलाबेलामा कुराकानी समेत हुने गरेको वडा सचिव पृथ बहादुर थापामगरले बेनीअनलाइनलाई बताए ।

’अहिले जिल्ला बाहिर छु, निवेदन आएकाहरूको काम रोकिएको छैन‘उनले भने ।वडास्तरमा हुने विभिन्न कार्यक्रमहरूमा समेत गाँउघरमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूका बारेमा जानकारी लिने गरेको बताउँदै भत्ता नपाएको विषयमा सोमबार जिल्लामा फर्किएपछि खोजीकार्य गर्ने बताए ।

भत्ताका लागि योग्य भएपनि लिखित निवेदन नदिएको, परिवार साँचीको रोहवरमा मृत्यु भएको प्रमाणपत्र उपलब्ध गराएको लगाएतक प्रमाणहरू भए मात्रै भत्ता प्राप्त गर्नेको सुचीबाट हटाउने उनले बताए । ग्रामिण क्षेत्रमा सम्पत्तीमा आफ्नो पकट जमाउन, घर परिवार नभएको कारण तथा छिमेकी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बेवास्ता गर्दा बृद्धबृद्धा सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुने गरेका छन् ।

स्थानीय तहको निर्वाचन लगत्तै वडास्तरमा जनप्रतिनिधिहरूको उपस्थिती भएपछि गाउँलेले आफ्ना समस्याहरूका बारेमा खुलेरै जानकारी गराउने गरेका छन् । मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले वडास्तरमै बैङ्कका कर्मचारी सहितको उपस्थितीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको अवस्थामा एकदशक यता राज्यले उपलब्ध गराएको सुविधाबाट समेत बन्चितका बृद्धका बारेमा जानकारी पाएलगत्तै पहल सुरु गरेको बताए ।

यसैविच देविस्थानमा जिल्ला भु–संरक्षण कार्यालयले गरेको सहयोग तथा स्थानीयको लगानीमा बाढीपहिरो नियन्त्रणमा बनेका पूर्वाधारहरूको अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी राजु पौडेल, वडा अध्यक्ष पिपला बुढा लगाएतको टोलीलाई समेत बृद्धले आफ्नो गुनासो पोखेका थिए ।बृद्धभत्ता नपाएको गुनासो गरेपछि त्यस विषयमा सम्बन्धित निकायबाट जानकारी लिने प्रतिबद्धता पौडेलले गरेका थिए ।जिल्ला समन्वय समितिले हरेक बर्ष साउन देखी मंसिर महिनासम्म भत्ता प्राप्त गर्नेहरूको विवरण सङ्कलन गर्ने गरेको छ ।