पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका एक बृद्धको शव भेटिएको छ । आइतबार म्याग्दी खोलामा हाम फोलेर बेपत्ता भएका ६१ बर्षिया हरिप्रसाद सापकोटाको शव सोमबार वडा नम्बर बावियाचौर र अर्मनको विचको बगरमा भेटिएको थियो ।

मृतक सापकोटाले घरबाट खेतमा पानी लगाउन जान्छु भनि निस्केको र केही समय सम्म घरमा नफर्किएपछि छोरा दिपक सापकोटा खेतमा जाने क्रममा झोलुङ्ग पुलबाट हाम फालेर बेपत्ता भएको देखेपछि खोजीकार्य सुरु गरिएको थियो । मृतकको शव बेनी अस्पतालबाट पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन् । केहीदिन अगाडी बेनी नगरपालिका–४ बाट समेत एक ब्यक्तिले हामफालेका थिए । म्याग्दीमा बर्षेनी करिव २३ जनाले आत्महत्याको बाटो रोज्ने गरेका छन् । पारिवारिक, गरिवी लगाएतका कारण आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीले जनाएको छ ।