पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीस्थित नेरबाङ गाउँमा खानेपानीको हाहाकार भएको छ । वडा कार्यालयबाट करिब ३ घण्टाको दुरीमा रहेको नेरबाङका झण्डै २० घरधुरी र बस्तुभाउलाई खानेपानीको अभाव भएको हो ।
आर्थिक वर्ष २०६७÷६८ मा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र डिसीआरडिसी बागलुङमार्फत ११ लाखको लागतमा योजना सञ्चालन गरी पम्पिङ सिस्टमबाट पानी तानेर खानेपानीको व्यवस्था मिलाइएको थियो ।

तर, गएको वर्ष मुहानदेखि माथीबाट ठूलो ढुङ्गा खसेर क्षति पु¥याएपछि तत्कालीन मुदी गाविसको सहयोगमा मर्मत गरी पुनः खानेपानी सुचारु गरिएको थियो ।अहिले मुहान भएको उक्त ठाउँ भासिएपछि नेरबाङ स्थानीयवासिन्दा खानेपानीको ठूलो समस्या झेल्न बाध्य भएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

मुहान भासिएर पहिलेकोभन्दा धेरै तल पुगेपछि गाउँलेलाई २÷३ घण्टाको दुरीमा उकालो ओरालो गरी पानी बोकेर पिउने र बस्तुभाउलाई खुवाउन समस्या भएको उनको भनाई छ । खानेपानीको अन्य स्रोत नजिकै नभएको हुँदा समेत स्थानीयले सास्ती भोग्दै आइरहेका छन् । गाउँवासीलाई तत्कालका लागि पिउने पानीको व्यवस्था मिलाउन आवश्यक कदम चाल्ने सकिएको छैन । खानेपानी अभावकै कारण गाउँबाट बस्ती नै सानुपर्ने सम्भावना देखिएको बताइएको छ । उक्त गाउँमा खानेपानी आपूर्तिका लागि ठूलो लगानीमा योजना सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको धौलागिरि गाउँपालिकाले जनाएको छ ।