ओखरबोट माविको विद्युतीय पुस्तकालयलाई कम्प्यूटर र नगद सहयोग

0
243

म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा अवस्थित ओखरबोट माविलाई एक ब्यत्तिले विद्युतीय पुस्तकालय स्थापना गर्न चार वटा कम्प्यूटर र ७५ हजार नगद सहयोग गरेका छन् ।

साविकको ओखरबोट गाविस–९ स्थायी घरभई हाल काठमाण्डौमा बस्ने विनोद शेरचनले विद्युतीय पुस्तकालय स्थापना गर्न चार वटा ब्रान्डेट कम्प्यूटर र उपकरण खरिद गर्न नगद सहयोग गरेको विद्यालयका शिक्षक नविन पुनले बेनीअनलाइनलाई बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बैर्कस समेत रहेका शेरचनले जन्मभूमिमा रहेको विद्यालयलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा पुर्याउन विद्युतीय पुस्तकालय आवश्यकता रहेकाले नियमित प्रयोगमा समेत जोड दिएका थिए । यसैविच कार्यक्रममा वडा अध्यक्ष दिलिप शेरचनका छोरा प्रमोद शेरचनले आफन्तको स्मृतिमा स्थापना गरेको ५ लाखको पतिरुद्ध अक्षयकोषमा उमा गौचन र सर्मिला भट्टचनले ५१ हजारको दरले १ लाख २ हजार अक्षय कोषमा थप गरेका छन ।

ओखरबोट लगाएत आसपासका क्षेत्रका बस्तीबाट विद्यालयमा अध्ययरत विद्यार्थीलाई लक्षित गरी चारबर्ष अगाडी रुम टु रिड नेपाल र नेपाल गाजा डेभपलपमेन्ट फाउण्डेसनले समेत करिव ७ लाख बराबरको पुस्तकालय समेत स्थापना गरेको छ।

म्याग्दी जिल्लाका सामुदायिक विद्यालयमा गैरआवासीय म्याग्देलीहरूको साझा संस्था मोना आइसीको पहलमा विद्युतीय पुस्तकालय स्थापना भइरहेको छ । ८ हजार पुस्तक, अडियो, भिडियो, सामुदायिक विद्यालयका निमावी तहका पाठ्यक्रम,सीप र ज्ञानमुलक, ब्यवहारिक सहित शिक्षक देखी अभिभावकसम्मलाई लक्षित गरेका पुस्तकहरू कम्यूटरको माध्यमबाट विना इन्टरनेट समेत डाउनलोड गरेर पढ्न सकिन्छ ।