नमुना कृषक जमुना थापा! जसको सुन्तला खेती हेर्न पुरुष बारीमै पुग्छन् ।

0

उमेरले ६२ बर्ष पुगेकी बेनी नगरपालिका–३ भकिम्ली मरेककी जमुना थापा क्षेत्री गाउँकै सबैभन्दा ब्यस्त कृषक हुन् । एका विहानै देखी सुरू हुने उनको रफ्ता रातीसम्म रोकिदैन्  ।

घरमा रहेका पशुचौपाया, खेतबारीमा फैलिएको सुन्तलाको रेखदेखमा उनलाई सघाउने कोही छैनन् । एकल महिला थापाको गोठमा भैसी, बाख्रा देखी खेतमा रहेका सुन्तलाबाट बार्षिक ३ लाखभन्दा धेरै आम्दानी गर्ने गरेकी छन् । २१ घरधुरी रहेको मरेकमा सबैभन्दा धेरै सुन्तला विक्रीबाट आम्दानी गर्ने कृषको सुचीमा उनको नाम पहिलो स्थानमा छ ।

विहान ४ बजे देखी राती ९ बजेसम्मको उनको दैनिकीबाट आफन्त र छिमेकी समेत दंग पर्ने गरेका छन् । ‘बाल्यकाल देखिनै घरायसी काममै सक्रिय छु ।अहिले स्वास्थ्यले पनि साथ दिएको छैन’थापाले बेनीअनलाइनलाई भनिन् ।कलिलै उमेर देखी खेतपातीमा सक्रिय भएकै कारण विभिन्न रोगले सताइरहेपनि केहीबर्ष सुन्तला खेतीलाई

प्राथमिकतामा राखेर काम गरेको बताईन् ।२ भाई र ७ दिदिबहिनी मध्ये घरकी माईली छोरी रहेकी थापा अविवाहित हुन् ।एकदशक अगाडी देखी सुन्तला खेतीमा सक्रिय रहेकी उनले गतबर्ष करिव २ लाख ८० हजारको सुन्तला बिक्री गरिन् । खेतबारीमा रहेको करिव ३ लाख २० हजारको सुन्तला मध्ये धेरै आफन्तलाई कोसेलीको रुपमा समेत बाँड्ने गरेकी थापाले विना तालिम सु्न्तला खेतीमा सफल भएको बताईन् ।

‘सुन्तला खेतीलाई नै परिवार सम्झिएको छु । दिनमा धेरै समय सुन्तलाबारीमै विताउँछु’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।करिव ३ सय बोटमा उत्पादन भएका स्ुन्तला खोज्दै गाउँमै आउने गरेका ब्यापारीले समेत उनको मेहनतबाट आश्चर्य चकिन हुने गरेका छन् । पशुचौपायाकै मलले सुन्तला खेतीमा पुर्याउने गरेकी थापाले सुन्तला खेतीको तालिमको अनुभव पनि छैन् ।

‘तालिममा धेरै ध्यान जादैन् । भाईहरुले नयाँ सीप सिके घरमै आएर जानकारी दिन्छन्’थापाले भनिन् । उनले यसबर्ष करिव १ सय ५० वटा नयाँ विरुवा समेत थपेकी छन् । मरेकबाट गतबर्ष करिव १३ लाख मुल्य बराबरको सुन्तला निर्यात भएको थियो। सुन्तलाको पकेट क्षेत्र मानिने मरेकका कृषकले ४० हजार देखी ३ लाख बराबरको सुन्तला उत्पादन गरेको कृषक प्रेम बहादुर थापाले बताए । ‘ दिदीलै सबैभन्दा धेरै विक्री गर्नुहुन्छ । उहाँले सुन्तलालाई धेरै रेखदेख गर्ने भएकाले पनि फल राम्रो हुन्छ’ थापाले भने ।

गाउँमा पदम बहादुर केसी, बीर बहादुर थापा, इन्द्र बहादुर थापा, पदम बहादुर थापा, जमुना थापा, धना थापा, कर्ण कुमारी पुर्जा, धन बहादुर पुन कर्ण बहादुर खत्री र बल बहादुर पु्न, पदम बहादुर श्रीष, खिम बहादुर पुर्जा, मन बहादुर पुर्जा, ताराबहादुर शेरपुञ्जा, कृष्ण बहादुर घर्ती सुन्तला कृषक हुन् । ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला ४५ रुपैयाँ र ‘सी’ २५ रुपैयाँ ब्यापारीले गाउँमै मुल्य दिएर ढुवानी हुन्छ् । २१ घरधुरी रहेको मरेकका कृषकले एकल महिला थापालाई सुन्तलाकी अभिभावकको रुपमा समेत चिन्छन् ।