डिएसपी बसुन्धरा खड्काको जागिरे अनुभव: ‘क्यालेन्डरमा बिदा देख्नासाथ छोराले फोन गर्छ’

0
277

जतिबेला मुलुकमा शसस्त्र द्धन्द्ध चर्किएको थियो त्यतीबेला प्रहरीको जागिर खोडेर विकल्प खोज्ने थुप्रै थिए । तर, पाएको आर्कषक जागिरको अफर छोडेर प्रहरीमा भर्ति हुने हुटहुटी थियो ललितपुरकी बसुन्धरा खड्कालाई । द्धन्द्धको चरमकोत्कर्षका बेलामा प्रहरी निरिक्षकको पदबाट उनी सेवामा प्रवेश गर्दा चिनेजानेका धेरैले आश्चर्य मानेका थिए ।

छरछिमेकी र आफन्तले प्रहरी जागिरको विकल्प खोज्न अनुरोध गरेपनि आमाबुबाले भने हौसला प्रदान गरिरहे उनलाई । प्रहरी सेवामा आउनका लागि उनले २०५८ सालमा सेवा प्रवेशको आवेदन दिएकोमा साढे दुईबर्ष पछाडी नजिता सार्वजिक भयो । उनले नतिजाको प्रतिक्षामा आधा दर्जन भन्दा धेरै आर्कषक तलब सहितको जागिरे अफर लत्ताईन् । भाग्यबस उनी छनौटमा परिन् ।

सेवा प्रवेशसंगै उनको बिहे बारेमा घरमा चर्चा पनि सुरु हुन थाल्यो । तर पेशा बुझ्ने जीवन साथीको कल्पना गरेकी खड्कालाई परिवारले त्यस्तै जीवन साथी जुराईदिए । प्रहरी सेवामा कार्यरत ललितपुर जाउलाखेलका दिलिप घिमिरेसंग विवाह गरिन् ।

एउटै सेवामा कार्यरत एकै जिल्लाका भएपनि उनीहरुको चिनजान थिएन् । २०६३ सालको बैशाखमा विवाह बन्धन बाँधिएका जोडीको अहिले १० बर्षको छोरा छ । दुवै जना प्रहरी नायव उपरिक्षक हुन् ।
खड्का म्याग्दी जिल्लामा कार्यरत छिन् ।

म्याग्दी जिल्लाको प्रहरी इतिहासमै पहिलोपटक महिलाले कमाण्ड सम्हाल्दै गर्दा उनका श्रीमान घिरिमे प्रहरी अपराध महाशाखा हुदै दोस्रो चरणको निर्वाचनका लागि राजधानी बाहिर खटिएका छन् ।खड्काले जागिरे जीवनमा अहिलेसम्म परिवारसंग लामो समय विताउन पाएकी छैनन् ।

द्धन्द्धकालिन अवस्थामा नजिकबाट मृत्युलाई देखेका दुवैले सुचना र प्रविधिको समेत सहज पहुँच नहुने अवस्थाका धेरै समय सम्पर्क बाहिर हुने गरेको अनुभव दुवैजना संग छ । दुवैजना राष्ट्रको सेवामा ब्यस्त हुदाँ «को सेवामा ब्यस्त हुदाँ छोरा दिवियान्तलाई प्रयाप्त समय दिन भने पाएका छैनन् । चार महिनाको छोरालाई छोडेर तालिममा भारत पुगेकी खड्काले त्यस समयलाई जीवनकै अविस्णरीय मान्छिन् । सासुससुराको निधन भएपछि मामा घरमा बस्दै आएका छोरालाई विरामी हुदाँ समेत समय दिन नपाएको उनको गुनासो छ ।

‘जव क्यालेन्डरमा सरकारी विदा देख्छ छोराले फोन गर्छ । दुवै जनाले एउटै बाहना बनाएर कार्यक्षेत्रमा खटिन्छौ’ खड्काले भनिन् । छोराले बाबा भन्दा पनि आमालाई धेरै खोज्ने गरेकाले पनि आफुँलाई धेरै बाहना बनाउनु्पर्ने बाध्यता रहेको खड्काको भनाई छ । चाडपर्व,पूजाआजा र अति महत्वपूर्ण समयमा समेत दुवैजनाको अनुपस्थितीले परिवार निरास हुने गरेपनि आफ्नो जिम्मेबारी बारे परिवारलाई थाहा भएकाले सहज भएको खड्काको भनाई छ ।

प्रहरी नायव महानिरिक्षकको स्टाप अफिसर,महिला तथा बालबालिका निर्देशनालय, मानवअधिकार इकाई, काठमाण्डौको सोह्खुट्टे क्षेत्रको प्रहरी प्रमुखको नेतृत्वसंगै शान्ति स्थापनार्थ दक्षिण सुडान र सुडानको मिसन, देशका विभिन्न स्थानमा प्रहरीलाई मानवअधिकार, महिला हिंसा, बालबालिका सम्बन्धि दर्जनौ प्रशिक्षणमा क्रममा छोरालाई सामाजिक सञ्जाल, भिडियो कल लगाएतका माध्यमबाट सम्पर्कमा रहने गरेको खड्काको प्रनाउ खड्काको अनुभव छ ।

पहिलो पटक जिल्ला बाहिर म्याग्दीमा प्रहरीको कमाण्ड सम्हालेर आएकी खड्काले स्थानीय तहको निर्वाचन सकिएपछि केही दिन परिवारसंग विताएर कार्यक्षेत्रमा खटिएकी छन् । दैनिक कार्यालयको काम, म्याग्दीका महिला संघसंस्था सहित सार्वजनिक कार्यक्रममा ब्यस्त हुने गरेकी प्रनाउ खड्काले आफ्नो जागिरे जीवनमा म्याग्दीबाट धेरै मायाँ पाएको समेत बताईन् । प्रस्तुती हरिकृष्ण गौतम