संरक्षणको अभावमा म्याग्दीका प्राकृतिक तातोपानीका मुहानहरु अलपत्र

0
279

म्याग्दीको बेनी नगरपालिका सहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानहरुको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका ४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा ५ वटा तातोपानीका मुहानहरु रहेका स्थानीयले बताएका छन् ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भूरुङ तातोपानी, धौलागिरि गाउँपालिकाको मुदी बगर,मालिका गाउँपालिकाको भालेवास्ने ताल,हिस्तान र दानाको कालीगण्डकी किानरामा गरी ९ वटा तातोापानीका मुहानहरु संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा गरी १४ वटा तातोपानीका मुहानहरु पत्ता लागेपनि ती मुहानहरुको संरक्षणमा कसैले पनि चासो नदेखाएको स्थानीयको भनाइरहेको छ । मुलबाट नै ५० डिग्रि सेल्सीयस भन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहानहरुको संरक्षण गरी तिनको प्रचारप्रसार गर्न सक्ने हो भने राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरिमा आउने विदेशी पर्यटकहरुका साथै विभिन्न रोगका विरामीहरुले लाभ लिन सक्ने सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो ।

प्राकृतिक उपचारस्थलको रुपमा परिचित बेनपा ४ सिंगा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै ५ वटा तातोपानीका मुहान भेटिएकासमितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिनुभएको छ । नेपालमा नै प्रशिद्धी कमाउन सफल तातोपानी कुण्डमा वार्षिक २० हजारको हाराहारीमा विरामीहरु डुबेर उपचार गर्न आउने गरेका छन् ।

तातोपानीका रहेका अन्य मुहानहरुलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताउनुभयो । यहाँ बाथ,ग्याष्ट्रिक,गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसेस जस्तो कठिन रोग लागेका व्यक्तिहरु डुबेर उपचार गर्नका लागि आउने गरेका शाक्यले जानकारी दिनुभयो ।त्यसैगरी मुदीको बगर,दरवाङको भालेवास्ने ताल,भूरुङतातोपानी,हिस्तान,दानाको कालीगण्डकी किनारमा गरी अन्य ९ वटा तातोपानीका मुहानहरु पmेला परेका स्थानीयले बताएका छन् ।

म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानहरुमा मूलबाट नै गन्धक र विरेनुनको गन्ध सहितको ५० देखि ५८ डिग्रि सेल्सीयससम्मको तातोपानी निस्कने गर्दछ । सिंगातातोपानी ,भुरुङतातोपानी,दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी संकलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोापानीका मुहानहरुलाई व्यवस्थित गर्न सकिएको छैन ।  ध्ुा्रबसागर शर्मा