म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार

0
275

न्याय परिषद्का सचिव नहकुल सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नियुक्त भएका छन् । सर्वोच्च अदालतमा मुख्य रजिष्टारको पद सृजना गरी सुवेदीलाई नियुक्त गरिएको हो । न्याय सेवा आयोगको बैठकले हाल न्यायपरिषदका सचिव रहेका नहकुल सुवेदीको नाम सिफारिस गरेको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका सुवेदीसर्वोच्च अदालभित्र सह–रजिष्टारका रुपमा समेत लामो समय काम गरेका थिए । विधिको शासनलाई कायम गरेका देशहरुमा विकासले गति लिएको बताउँदै आएका सुबेदीले कानुनको पालना नभएका देशहरु आर्थिक, समाजिक, सांस्कृतिक लगाएत विभिन्न पक्षमा निकै कमजोर देखिएको सचिव सुबेदीले बताए ।

सर्वोच्च अदालतमा रजिष्टार रहने ब्यवस्थालाई संशोधन गरी मुख्य रजिष्टारको पद सिर्जना गरिएको हो ।  न्यायपालिका संघीय संरचनामा गएपछि सर्वोच्चमा मुख्य सचिव सरह रहने गरी मुख्य रजिष्टार बनाएको हो । यस्तै, हाल सर्वोच्च अदालतका रजिष्टार रहेका नृपध्वज निरौलालाई वेपत्ता छानबिन आयोगको सचिवमा सरुवा गरिएको छ । त्यसैगरी वेपत्ता आयोगका सचिव राजन भट्टराई न्याय परिषदको सचिवमा सरुवा भएका छन् ।

विगतमा अदालतको कमजोरी देखाएर विकास निर्माणका गतिलाई रोक्ने प्रयासहरू भएपनि वर्तमान अवस्थामा न्यायालय विकासमैत्री भएको बताउने गरेका छन् । केही महिना अगाडी गृहजिल्ला म्याग्दी आएको सुबेदीले अदालतको काम कारवाहीलाई नागरिकमैत्री बनाउँदै न्यायपालिकाको कामलाई दुर्गम क्षेत्रका जनताको पहुँचमा पु¥याउन परिषद्ले समेत आवश्यक सहजिकरण बताएका थिए ।