बेनी–जोमसोम सडक अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा अस्थाई पुल निर्माण भएको छ।बेनी–जोमसोम–कोरला सडक आयोजनाले ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेली ब्रिज र झोलुङ्गे पुल बगाएको थियो ।

अस्थाई पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा बर्खा याममा पनी सिधा सवारी सञ्चालन गर्न सकिने आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो । पुलमा एकतर्फ रुपमा सवारी आवत जावत गर्न सक्नेछन् । बर्खा याममा सहज रुपमा सवारी साधन आवत जावत गर्ने व्यवस्थाका लागि अस्थाई पुल निर्माण गरिएको आयोजनाले जनाएको छ । सडक मर्मतका लागि एउटा डोजर तयारी अवस्थामा राखिएको छ ।

बेलीब्रिज बगाएपछि बेगखोलामा बाढी आउँदा सवारी साधन र मानीसलाई आवत जावत गर्न समस्या हुने गरेको थियो । आयोजनाले ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकको पाच खण्डमा ठेक्का सम्झौता गरी कालोपत्र गर्नका लागि स्थलगत सर्वेक्षणको काम भैरहेको जनाएको छ । सन्तोष गौतम