खोलामा वेपत्ता युवाको खोजीमा गोटाखोर टोली परिचालन

0
393

म्याग्दीको रघुगंगा नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवाको खोजीमा सशस्त्र प्रहरीको गोटाखोर टोली परिचालन गरिएको छ ।

कालीगण्डकी र रघुगंगा नदीको दोभान नजिकैबाट शनिबार पर्वतको जलजला गाउँपालीका ८ नाग्लीवाङका १९ वर्षिय नविन रेग्मी वेपत्ता भएका थिए । पोखराबाट शसस्त्र प्रहरीको तालीमप्राप्त गोटाखोर टोली बोलाएर वेपत्ताको खोजीमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।

गोटाखोर टोलीले कालीगण्डकी र रघुगंगा नदीको सम्भावीत ठाउँहरुमा पानी भित्रै पसेर वेपत्ताको खोजी गरेको थियो । शनिबार र आईतबार जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गरेको थियो ।सन्तोष गौतम