म्याग्दीको एक सामुदायिक विद्यालयको नजिक रहेको भीरमा चारजना स्कुले विद्यार्थीले गफ संगै चुरोट तान्दै थिए । विद्यालयमा खाजा खाने समयमा पोशाकमा सुटुक्क बाहिर निस्किएका विद्याथीले आलोपालो गरेर लागु पर्दाथको सेवन गरिरहेका थिए ।

उमेरले कक्षा ८–९ मा अध्ययन गर्ने जस्ता देखिने विद्यार्थीले दैनिकजसो खाजा खाने समयलाई लागुपर्दाथको सेवनका लागी प्रयोग गर्ने गरेका छन् । यी एक प्रतिनिधिमुलक पात्र मात्रै हुन पछिल्लो समय सहर देखी ग्रामिण क्षेत्रसम्म् लागुपदार्थको सेवनमा स्कुले विद्यार्थी बढेका छन् ।

सहर बजारमा रहेका निजी तथा सामु्दायिक विद्यालयका विद्यार्थी जस्तै ग्रामिण क्षेत्रमा समेत स्कुले विद्यार्थीले विद्यालय समयमै चुरोट सेवन गर्ने गरेको शिक्षकको समेत गुनासो छ । ‘लागुपर्दाथको सेवन गर्ने विद्यार्थीले शिक्षकलाई समेत अटेर गर्ने गरेको छ । पढाईमा पनि उस्तै कमजोर हुन्छन्’ एक शिक्षकले भने ।

चुरोट, गाँजा तथा मदिराजन्य पर्दाथको प्रयोगमा विद्यार्थीको संख्या बढेपछि अभिभावक र शिक्षक समेत चिन्तित छन् । गाउँमा लाग्ने मेला तथा अन्य कार्यक्रमहरुमा दिउँसै मदिराको सेवन गर्ने, रातीमा समेत होहल्ला गदैं हिड्ने लगाएतका घटना बढ्न थालेको छ । ‘डरलाग्दो समस्याको रुपमा देखिएको छ । अभिभावकले विषेश ध्यान केन्द्रित गनुर््पर्छ’ प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले भनिन् ।

उनले बालबालिकालाई दुब्र्यसनी सम्बन्धि शिक्षा, जनचेतनामुलक कार्यक्रम, अभिभावकले आफ्ना छोराछोरीको दैनिकजसो निगरानी, आवश्यकता भन्दा धेरै पैसा र सुविधाबाट बन्चित, विद्यालयमा विद्यार्थीको ब्यवहारमा परिवर्तन देखिए अभिभावकलाई जानकारी लगाएतका गतिविधिबाट बाल दुब्र्यसनी रोक्न सकिने उनको भनाई छ । जिल्लामा परम्परागत रुपमा गरिने खेती वा खेतबारीमा आफै फैलने गाँजाको प्रयोगमा यूवा पुस्ताको आर्कषण देखिनुले समेत समस्या जटिल बन्दै गएको प्रहरीको भनाई छ।

अभिभावक पहिलो शिक्षक र घर पहिलो विद्यालय भएकाले पनि घरबाटै बालबालिकाको निगरानी गर्न सकेमा नियन्त्रणमा ठुलो उपलब्धी हुने समेत प्रहरीको भनाई छ । बजार क्षेत्रमा मापसे गरेका स्कुले विद्यार्थी विच ग्याङफाईट समेत हुने गरेको छ । जिल्लामा सामुदायि प्रहरी, ग्रामिणक्षेत्रमा रहेका युवाक्लव सँग साझेदारी विभिन्न कार्यक्रम गरिएपनि प्रभावकारी हुन सकेको छैन्। बेनी नगरपालिका र पाँचवटै गाउँपालिकामा दुब्र्यसनी सम्बन्धि जनचेतनामुलक कार्यक्रमलाई विद्यालयस्तरमै पुग्ने गरी अभियान आवश्यकता रहेको जनकारहरु बताउँछन् ।