बेनी अस्पतालको सैयाबाट एक विरामीले सहयोगको याचना गरेकी छन् । बेनी नगरपालिका–९ काउलेगौंडा घतानकी लक्ष्मी नेपालीले थप उपचारका लागि सहयोगको याचना गरेकी हुन् । आर्थिक अवस्था कमजोर रहेकी नेपाली विगत दुईदिन देखी अस्पतालमा उपचार गराइरहेकी छन् ।

आकस्मीक कक्षमा उपचार गराइरहेकी नेपालीका श्रीमानले जिल्ला बाहिर लैजान आर्थिक समस्या भएको बताए । ‘यहाँ निशुल्क उपचार भइरहेको छ, थप उपचारका लागि जिल्ला बाहिर जान पैसा छैन’ नेपालीले बेनी अनलाइनलाई भने । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले आवश्यक परिक्षणमा निशुल्क उपलब्ध गराएपनि थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताएपछि नेपालीले सहयोगको याचना गरेका हुन् ।

डाक्टर धिरेन मल्लले अस्पतालमा प्राप्त सुविधामा कुनै असहज नभएपनि टिवी रोगको आशंका गरिएकाले जिल्ला भित्र नभएको सेवाका लागि बाहिर लैजानुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएको बताए । यसैविच उपचारमा सहयोग गर्ने मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईलीले समेत अपिल गरेका छन् । उनले सहयोगका लागि विभिन्न ब्यक्तिलाई अनुरोध गरेको बताए । ‘मलाई जानकारी आएपछि सहयोगको अपिल गरेको छु । सबैको साना सहयोगले उपचार सम्भव हुनेछ’ उनले भने ।