बाढीले विद्युतगृह र नहरमा क्षत्ती पु¥याएपछि लघुजलविद्युत परियोजना बन्द

0

बाढीले विद्युतगृह र नहरमा क्षत्ती पु¥याएपछि म्याग्दीको मालीका गाउँपालीका १ मा रहेको रुम खोला लघुजलविद्युत परियोजना बन्द भएको छ ।दरवाङ निस्कोट सडकबाट सोमबार राती आएको बाढीले ५१ किलोवाट क्षमत्ताको परियोजनाको विद्युतगृह र नहरमा क्षत्ती पु¥याएको छ ।

विद्युतगृह भित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको नेपाल रेडक्रस सोसाईटी फुलबारी उपशाखाका सभापती कमलनाथ शर्माले जानकारी दिनुभयो । परियोजना बन्द हुँदा निस्कोट, डाँडागाउँ, फुलबारी, महभिर, अदिभारा र दरवाङका करिब पाँच सय घरमा विद्युत आपूर्ती बन्द भएको सभापती शर्माले बताउनुभयो । सडक निर्माणका क्रममा माटो ब्यवस्थापन र ढल निकासका लागि नाली नबनाउँदा बाढी आएको स्थानीय बासिन्दाको भनाई छ ।

सोही सडकबाट आएको बाढीले मालीका १ घोर्सेका मानसिङ सापकोटा र गणेश पुनको घर जोखिममा परेको छ । मुक्ती पुन, छवीलाल पुन, धनपती सापकोटा र हरदक्त आचार्यको धानखेत तथा भिमबिक्रम मल्लको सुन्तलाबारी सडकबाट आएको बाढीले पुरीएको छ । यसैगरी बस्ती माथि खनिएको सडकका कारण पहिरो खस्न थालेपछि मालीका गाउँपालीका ३ अदिभारामा दुई घर जोखिममा परेका छन् । सन्तोष गौतम