देविस्थानका ८० बर्षिय बल बहादुरले बृद्धभत्ताका पाउने

0
170

८० बर्षको उमेरमा पनि सामाजिक सुरक्षा भत्ताबाट बन्चित म्याग्दीको मालिका गाउँपालिका–५(साविक देविस्थान गाविस–७मगरदाङ्ग)का बल बहादुर घर्तीलाई आवश्यक प्रक्रिया पुरा गरेर भत्ता उपलब्ध गराउने जनप्रतिनिधिले चासो देखाएका छन् ।

८० बर्षको उमेरमा पनि बृद्धभत्ताबाट बन्चित भएको खवर बेनीअनलाइनमा प्रकाशित भएपछि मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले बृद्धभत्ताका उपलब्ध गराउन आवश्यक प्रक्रियालाई तत्कालै अगाडी बढाउन वडा अध्यक्ष, सचिवलाई निर्देशन दिएका छन् ।  ‘उहाँले बृद्धभत्ता पाउनुहुन्छ, मैले धेरैपटक प्रक्रियाका बारेमा जानकारी लिएको छु’ रोकाले भने ।उनले बिहिबार गाउँपालिकाको कार्यक्रममा वडा अध्यक्ष पिपला बुढा र वडा सचिव पृथ बहादुर थापामगरबाट थप जानकारी लिने बताए ।

दुईहप्ता अगाडी गाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल सहितको टोलीलाई बृद्धले आफुँले बृद्धभत्ता नपाएको गुनासो समेत गरेका थिए । उनले मासिक औषधी खर्च १ हजार र भत्ता स्वरुप १ हजार गरी बार्षिक २४ हजार पाउने भएपनि सो बाट बन्चित हुदै आइरहेका थिए । गाउँपालिकाले आवश्यक प्रक्रिया पुरा गरेर आगामी कात्तिक महिनामा भत्ता पाउने गरी काम गर्ने तयारी गरेको छ । गाउँपालिकाभित्र सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएकाहरुका बारेमा जानकारी गराउन समेत उनले अनुरोध गरेका छन् ।

बुढेशकालमा घरखर्च, औषधी उपचार लगाएत ब्यक्तिगत खर्चमा सरकारले उपलब्ध गराएको बृद्धभत्ता बृद्धबृद्धालाई बरदान सावित हुने भएपनि परिवारको असहयोग लगाएत विभिन्न कारणले जिल्लामा धेरै बृद्धबृद्धा बन्चित भएको अनुमान गरिएको छ । परिवारको सदस्य नभएका र प्रक्रियाका बारेमा समेत जानकारी नभएका अपाङ्ता भएकाहरु समेत सामाजिक सुरक्षा भत्ताबाट बन्चित छन् । जेष्ठ नागरिक, दलित, एकल महिला,अपाङ्ता भएकाले राज्यबाट सुविधा पाउने गरेका छन् ।