असार पन्ध्रमा बिध्यर्थिले धान रोपाईं गरेका छन् । न्यु वेस्ट पोइन्ट आवासीय मावि पुर्व प्राथमिक तह युकेजीका बिद्यार्थीहरुले धान रोपाईं गरेका हुन् । बिद्यालयले हरेक वर्ष असार, १५ राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाइँ गर्दै आएको छ ।

साना–साना नानिबाबुहरुलाई बिउ राख्ने, धान रोप्ने र मंसिरमा स्याहरने सम्मका क्रियाकलापमा सहभागी गरायने गर्दछ । यस वर्ष बिद्यालयले जलजला गाउँपालिका वार्ड नम्बर ३ बेनीमा बिद्यार्थीहरुलाई धाान रोपाईं कार्यमा सहभागी गराएको हो । सोहि अवसरमा बिद्यार्थीहरुलाई दहि चिउरा समेत खुवाएको छ ।

कार्यक्रमको पुर्व प्रामथिक तहकी इन्चार्ज आसा रोकाले सयोजन गर्नुभएको थियो । कार्यक्रमकमा धान रोपाईले कृषि खेतीको महत्वका साथै नानी नानि बाबुहरुलाई खेतिपातीका बारेमा बुझ्न सघाउने प्रिन्सिपल डा. लाल रापचाले बेनीअनलाइनलाई बताउनुभयो । अतिरिक्त क्रियाकलाप अन्र्तरगत धान रोपाईमा विद्यार्थीलाई सहभागी गराउँदा हामीले दिनहुँ पकाउने धान÷चामल कहाँ कसरि उब्जने रहेछ भन्ने कुरा बुझ्न सघाउने बताउनु भयो ।

बिद्लायाले असार पन्ध्रको दिनलाई बार्षिक क्यालेण्डरमा समावेस गरेर मनाउदै आएको छ भने कक्षा १० लाई भने बेनी बजार आसपासका क्षेत्रमा रोपाइ कार्यक्रममा सहभागी गराउने गर्दछ जसलाई बिद्यालयलका सामाजिक शिक्षक मनोज खड्काले संयोजन गर्दै आउनु भएको र यस वर्ष पनि निरन्तरता दिने वेस्ट पोइन्टले जनाएको छ ।

म्याग्दी जिल्लाकै अब्वल मानिने विद्यालयले बालविकास देखी क्याम्पस तहसम्म अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने गरेको छ । हरेकबर्ष विद्यालय परिसरमै धान रोपाई गर्ने गरेका विद्यार्थीले यसपटक जिल्ला बाहिर गएका थिए । धान काट्ने बेलामा समेत विद्यार्थी खेतमा जाने गर्दछन् ।