महावीर पुनलाई मातृ शोक

0

सामाजिक अभियान्ता महावीर पुनलाई मातृ शोक परेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् नेपाली बैज्ञानिक पुनकी ९० बर्षिया ममतामयी माता पूर्वी पुनको शनिबार चितवनमा निधन भएको हो । लामो समय देखी विरामी रहनुभएकी पुनको चितवनमै अन्तेष्टी गरिने परिवारजनले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको राम्चे नांगीबाट बसाईसराई गरेरी चितवन जानुभएकी पुनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । स्वासप्रस्वासमा समस्या रहेकी पुनको उपचारका कारण स्वदेश तथा विदेशमा आयोजित कार्यक्रमबाट सहभागि भएर महावीर पुन चितवन जाने गर्नुभएको थियो । निधनको खवरले सामाजिक सञ्जालमा नेपालीले समवेदना प्रकट गरेका छन् ।