म्याग्दी र कालिगण्डकी नदीको दोभान बगरमा एक महिलाको शव फेला परेको छ । बेनी नगरपालिका–७ मा अन्दाजी ६५ बर्षको पहिचान खुल्न नसकेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

नदीमा भेटिएको शवको पोष्टमार्टको लागि बेनी अस्पतालमा राखिएको छ । मृतकको हुलिया घाँटीमा सेतो गेडा भएको माला,दायाँ हातमा २ वटा पितलको चुरा, कपाल सेतो फुलेको, हरियो पेटिकोट, रातो लाम्बाउले ब्लाउज लगाएको बताउँदै पहिचान खुल्ने जानकारी भए सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । प्रारम्भीक अनुसन्धानमा शव म्याग्दी खोलाले बगाएर ल्याएको देखिएको छ ।