म्याग्दी र कालिगण्डकी नदीको बाहव बढ्यो, तटिय क्षेत्रका बासिन्दा त्रसित

0
543

म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने काली र म्याग्दी खोलामा पानीको बहाव बढेको छ । केही दिन यता भइरहेको बर्षाले बुधबार दुवै नदीको सतह ह्वात्तै बढेको हो । मंगलबार राती जिल्लाको माथिल्लो क्षेत्रमा उच्च बर्षा भएपछि म्याग्दी र कालि खोलाबाहव बढेपछि तटिय क्षेत्रका बासिन्दाहरु चिन्तित भएका छन् । मनसुन सुरु भएपछि पहिलोपटक नदी उर्लिएर आएपछि नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दा चिन्तित भएका छन् ।

म्याग्दी र कालिगण्डकीमा निर्माणधिन अवस्थामा रहेको तटबन्धमा केही असर गरेपनि पर्वतबेनी क्षेत्रमा जोखिम बढेको छ । पर्वतबेनीमा निर्माणधिन अवस्थामा रहेको तटबन्ध आसपासमा समान्य क्षती पुगेपनि लगातार बर्षा संगै पानीको सतह बढे थप क्षती हुने भन्दै स्थानीयले चिन्ता जनाएका छन् ।

म्याग्दी खोलामा समेत तटबन्धको केही काम सकिएको छैन्। तटिय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई ज्यान जोखिममा राखेर दाउर सङ्कलन गरिरहेका छन् । जोखिमपुर्ण तरिकाले दाउरा संकलन गर्नेलाई समेत निरुत्साहित गर्न सम्बन्धि निकायले खासै चासो देखाएको छैन् । दुवै नदी बग्ने जिल्लाको माथिल्लो क्षेत्रमा समेत कटान गरेको छ । म्याग्दी र कालिगण्डकी पश्चिम र उत्तरी म्याग्दीका धेरै बस्तीहरु आसपासकाबाट बग्ने भएकाले पनि सचेत हुन प्रहरीले अनुरोध गरेको छ । बर्षाले म्याग्दीलाई जोड्ने दुईवटा सडक समेत अवरुद्ध प्रभावित बनाएको छ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत तितरमा सडकभन्दा माथीबाट खसेका ठूला ढुङ्गाले सडक ओगटेपछि पूर्णरुपमा यातायात सेवा अवरुद्ध बनेको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड अबरुद्ध बनेपछि मुस्ताङसङ्ग अन्य जिल्लाको सम्बन्धबिच्छेद भएको छ । सडक खुलाउन समेत स्थानीय प्रतिनिधिहरुले सक्रियता देखाएका छन् । जिल्लाभर बुधबार कुनैपनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । बाढीपहिरोको त्रासमा रहेका क्षेत्रमा बर्षा रोकिएपछि राहत महसुस गरेका छन् ।