समृद्ध बेनी नगरपालिका बनाउन सरोकारवाला निकायसंग छलफल

0

बेनी नगरपालिका कार्यालय म्याग्दीको आयोजनामा बुधबार बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा समृद्ध बेनी निर्माणका लागि भावी योजनाका सम्बन्धमा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न विषयगत कार्यालयका प्रमुख÷प्रतिनिधि, गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सरोकारवाला लगायतले समृद्ध बेनी नगरपालिका निर्माणका लागि आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमका सहभागीहरुले नगरपालिकालाई समृद्ध बनाउनका लागि कृषि, पर्यटन, जडिबुटी, धार्मिक क्षेत्र तथा जलविद्युतको पर्याप्त विकास गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिका भित्र प्रचुर सम्भावना रहेका क्षेत्रहरुको प्रचारप्रसार संगै लगानीको वातावरण बनाउन सबैले आवश्यकता अनुसार सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाललगायतको उपस्थिति रहेको थियो । बेनी नगरपालिकाले नगरपालिकालाई नमुना बनाउन गरेको कार्यक्रमको प्रशंसा गरिएको थियो । स्थानीय तहको निर्वाचन लगत्तै नगर क्षेत्रका विभिन्न विषयमा योजनाबद्ध तरिकाले अन्तरक्रियात्मक कार्यहरु भइरहेको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले नमुना नगरपालिका बनाउन सबै राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था लगाएत नगरबासीको सहयोगको आवश्यकता रहेको बताए ।

यसैबीच नगरकार्यपालिकाका पदाधिकारी र बहुमत वडाध्यक्षहरुको भने उक्त अन्तत्र्रिmया कार्यक्रममा सहभागीता छैन । उनीहरुले २२ गतेसम्म वडास्तरमा योजना छनोट गर्ने कार्यक्रम रहेकोमा २१ गते नगरपालिकाको अन्तत्र्रिmया गरिनु गलत भएको समेत बताएका छन् । स्थानीय तहको पहिलो निर्वाचनबाट जनप्रतिनिधिहरु चुनिएर आइसकेपछि पनि पुरानै सल्लाहकार सदस्यको जस्तो व्यवहार नगर कार्यकारीबाट हुने गरेको कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माले बताए । उनले नगरकार्यपालिकामा यस बारेमा कुनै निर्णय नै नभएको हुँदा आफूहरुले कार्यक्रम बहिष्कार गरेको बताए । समृद्ध नगरपालिकाको भावी योजना निर्माण गर्नका लागि सबैसँग छलफल र अन्तत्र्रिmया गर्नुपर्ने उनको भनाई छ ।